प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गर्न अपिल गरेका छन् । बिहीबार एक अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले निर्धक्कसँग मत दिएर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई अपिल गरेका हुन् । देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएको उल्लेख गरेका छन् । 'बालिग मताधिकार तपाईं हाम्रो संवैधानिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ हो' प्रधानमन्त्री देउ