नेकपा (माओवादी केन्द्र) जिल्ला कार्यसमिति काठमाडौंले सर्वोच्चको फैसलाको स्वागतमा दीपावली गर्न अपिल गरेको छ ।
माओवादीका जिल्ला अध्यक्ष हिमाल शर्माले एक अपिल जारी गर्दै साँझ ७ बजे घरघरमा दीपावली गर्न आह्वान गरेका हुन् ।
'काठमाडौंबासी पार्टी कार्यकर्ता र शुभेच्छुकहरूलाई आ-आफ्नो घरमा साँझ ७ बजे दीपावली गर्न अपिल गरिन्छ,' उनले फेसबूकमा लेखेका छन् ।
साथै शर्माले दिउँसो साढे ४ बजे प्रदर्शनीमार्गमा हुने स्वागत कार्यक्रममा सहभागी हुन पनि अपिल गरेका छन् ।