चौतारा साँगाचोकगढी नगरपालिकाका १४ वटै वडाका युवा स्वरोजगार
चौतारा साँगाचोकगढी नगरपालिकाको १४ वटै वडामा युवा जनशक्तिले स्वरोजगार व्यवसाय सुरु गरेका छन् । चौतारा साँगाचोकगढी नगर र नेपाल बैंक लिमिटेडबीच काठमाडौंमा सम्झौता गरेर युवावर्गलाई स्वरोजगार बनाउने योजना अनुसार युवाहरुले...
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले ‘जिल्ला संयोजन तथा अनुगमन समिति सञ्चालन कार्यविधि’ तयार पारेको छ । युवा स्वरोजगार कार्यक्रमलाई आमबेरोजगार तथा विपन्न युवा वर्गको पहुँचमा ल्याउन यस्तो कार्यविधि तयार गरिएको कोषका कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंले बताए । कार्यविधिअनुसार कार्यक्रम सञ्चालन, रेखदेख, संयोजन, अनुगमन तथा नियन्त्रण गर्न संयोजन तथा अनुगमन समिति गठन गरिनेछ ।
कार्यविधिले सम्बन्धित जिल्लाको उद्योग वाणिज्य सड्घका अध्यक्ष वा निजले तोकेको व्यक्ति समितिको संयोजक रहने व्यवस्था गरेको छ । समितिमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले तोकेको जिल्ला प्रशासन कार्यालयको अधिकृत र युवा स्वरोजगार कार्यक्रममा सहभागी बैंक, वित्तीय संस्था वा सहकारीमध्येले तोकेको गरी दुई व्यक्ति सदस्य रहने छन् । त्यस्तै, युवा स्वरोजगार कोषको सम्बन्धित जिल्लाको स्वयंसेवक समितिको सदस्य–सचिव हुने छन् ।
वर्ष ६, अंक २३१, आइतवार, २४ वैशाख, २०६९
काठमाडौँ – उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको आगामी वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा युवा स्वरोजगार एवं उद्यमशीलताको कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताएका छन्। राष्ट्रिय युवा परिषद्ले सेन्ट जेभियर कलेजको सहकार्यमा आयोजना गरेको नमूना संयुक्त राष्ट्रसङ्घ, २०२३ कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल कृषि, जलस्रोत, ऊर्जा, जडीबुटी, पर्यटनलगायतमा सम्भावनाको देश भएकाले […]
२९ असार, काठमाडौं । युवा स्वरोजगार कोषबाट जथाभावी ऋण प्रवाह भएको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयको ५९औं वार्षिक प्रतिवेदनले पर्याप्त संख्यामा ऋणीको अनुगमन नगरिएका कारण कतिपयले तोकिएको व्यवसायमा लगानी नगरेको औल्याएको छ । युवा स्वरोजगार कोषबाट २०७७/७६ मा रू. ३२ लाख खर्च गरी ७ प्रदेशका २० जिल्लामा प्रथम किस्ता लगानी भएका ८८, दोस्रो किस्ता […]
सिन्धु विकास बैंक र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच कर्जा लगानी सम्झौता भएको छ ।सम्झौतामा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले हस्ताक्षर गरेका छन् । सम्झौताअन्र्तगत बैंकले आफ्नो कार्यक्षेत्रमा रहेका १८ देखि ६० वर्ष उमेर समूहका वेरोजगार व्यक्तिलाई लक्षित गर्दै उनीहरुको क्षमता तथा व्यापार व्यवसाय वृद्धि गर्न प्रति […]
नेपालको संविधान २०७२ को धारा २३ अनुसार प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ। धारा ५१ (४)(झ) मा श्रम र रोजगारसम्बन्धी नीति तय गरी ‘सबैले काम गर्न पाउने अवस्था सुनिश्चित गर्दै देशको मुख्य सामाजिक, आर्थिक शक्तिको रूपमा श्रमशक्तिलाई दक्ष र व्यावसायिक बनाउने र स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने’ व्यवस्था गरेको छ। देशमा बढ्दै गएको बेरोजगार, वैदेशिक रोजगारको […]
व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच गण्डकी प्रदेशमा सीप तथा उद्यमशीलता विकास गर्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको भएको छ । गण्डकी प्रदेशमा रहेका ११ जिल्लाका ८५ वटै स्थानीय तहसँगको साझेदारीमा स्थानीय युवाको उद्यमशीलता अभिवृद्धिका लागि दुई संस्थाबीच राजधानीमा यस्तो समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीपत्रमा सीटीईभीटीका तर्फबाट सदस्यसचिव जीवनारायण काफ्ले तथा कोषका तर्फबाट कार्यकारी निर्देशक विश्वबन्धु अधिकारीले हस्
व्यवसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच गण्डकी प्रदेशमा सीप तथा उद्यमशीलता विकास गर्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) भएको छ ।
गण्डकी प्रदेशमा रहेका ११ जिल्लाका ८५ वटै स्थानीय तहसँगको साझेदारीमा स्थानीय युवाको उद्यमशीलता अभिवृद्धिका लागि दुई संस्थाबीच राजधानीमा यस्तो समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीपत्रमा सीटीईभीटीका तर्फबाट सदस्यसचिव जीवनारायण काफ्ले तथा कोषका तर्फबाट कार्यकारी निर्देशक विश्वबन्धु अधिकारीले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार सीटीईभीटीले प्रत्येक स्...
महोत्तरी – कृषि, पर्यटन, उद्योग र युवा स्वरोजगारलाई केन्द्रित गर्ने उद्देश्यले महोत्तरीको बर्दिबासमा महोत्सवको आयोजना हुने भएको छ । नेपाल चेम्बर अफ कमर्स महोत्तरीको आयोजनामा विशेषगरी युवाहरूलाइ स्वरोजगार बनाउने उद्देश्यसहित १३ देखी २४ माघसम्म महोत्सव हुने भएको हो । प्रथम बर्दिबास महोत्सव नाम राखिएको उक्त महोत्सवमा युवाहरूलाई कम लगानीमा उद्योगपति बनाउने उद्देश्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय […]
३० कात्तिक, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष कार्यक्रम नेपालको ७७ जिल्लामै विस्तार गरिने भएको छ । मंगलबार बसेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको बोर्ड बैठकले मनाङ र मुस्ताङ जिल्लामा समेत कोष विस्तार गर्ने निर्णय गरेसँगै उक्त कार्यक्रम ७७ जिल्लाभर लागु हुने भएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) […]
काठमाडौं : सरकारले शिक्षित भएर पनि बेरोजगार युवाहरूलाई लक्षित गरी ल्याएको ‘शिक्षित युवा स्वरोजगार कर्जा’ कार्यक्रमबाट नगन्य संख्याले मात्र कर्जा पाएका छन्। यस कार्यक्रममा शैक्षिक प्रमाणपत्र धितो राखेर बैंकबाट सहुलियत कर्जा लिन सकिने व्यवस्था छ।सरकारले २०७५ सालमा नीतिगत रुपमै कार्यक्रम ल्याएको हो। यस कार्यक्रमअन्तर्गत प्रमाणपत्र धितो राखेपछि सात लाख रूपैयाँ कर्जा पाइने व्यवस्था थियो। तर‚ कार्यक्रम लागु भएको तीन वर्षमा १४८ जनाले मात्रै शिक्षित युवा स्वरोजगार कर्जा पाएको नेप