उद्यमशीलता विकासका लागि  सीटीईभीटी र युवा स्वरोजगार कोषबीच समझदारी

व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच गण्डकी प्रदेशमा सीप तथा उद्यमशीलता विकास गर्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको भएको छ । गण्डकी प्रदेशमा रहेका ११ जिल्लाका ८५ वटै स्थानीय तहसँगको साझेदारीमा स्थानीय युवाको उद्यमशीलता अभिवृद्धिका लागि दुई संस्थाबीच राजधानीमा यस्तो समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीपत्रमा सीटीईभीटीका तर्फबाट सदस्यसचिव जीवनारायण काफ्ले तथा कोषका तर्फबाट कार्यकारी निर्देशक विश्वबन्धु अधिकारीले हस्