१० वर्षअघिको आर्थिक अभियान: युवा स्वरोजगार कोषको कार्यविधि तयार

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले ‘जिल्ला संयोजन तथा अनुगमन समिति सञ्चालन कार्यविधि’ तयार पारेको छ । युवा स्वरोजगार कार्यक्रमलाई आमबेरोजगार तथा विपन्न युवा वर्गको पहुँचमा ल्याउन यस्तो कार्यविधि तयार गरिएको कोषका कार्यकारी निर्देशक विनोदकुमार गुरागाईंले बताए । कार्यविधिअनुसार कार्यक्रम सञ्चालन, रेखदेख, संयोजन, अनुगमन तथा नियन्त्रण गर्न संयोजन तथा अनुगमन समिति गठन गरिनेछ । कार्यविधिले सम्बन्धित जिल्लाको उद्योग वाणिज्य सड्घका अध्यक्ष वा निजले तोकेको व्यक्ति समितिको संयोजक रहने व्यवस्था गरेको छ । समितिमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले तोकेको जिल्ला प्रशासन कार्यालयको अधिकृत र युवा स्वरोजगार कार्यक्रममा सहभागी बैंक, वित्तीय संस्था वा सहकारीमध्येले तोकेको गरी दुई व्यक्ति सदस्य रहने छन् । त्यस्तै, युवा स्वरोजगार कोषको सम्बन्धित जिल्लाको स्वयंसेवक समितिको सदस्य–सचिव हुने छन् ।  वर्ष ६, अंक २३१, आइतवार, २४ वैशाख, २०६९