काठमाडौँ। राष्ट्रिय सभाका पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधानले विपक्षी दलको व्याख्या नगरेको बताएका छन्। शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। विपक्षी दलले सरकारको समर्थन गर्नै हुँदैन भन्ने हिसाबबाट बुझ्न नहुने उनको भनाई थियो।