काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य र शिक्षा नेपालको संविधानले ग्यारेन्टी गरेको मौलिक हक भएकाले यी दुवै सेवा व्यावहारिकरूपमै निःशुल्क गराउन आवश्यक भएको बताएका छन् । दमकस्थित आम्दा अस्पतालमा आज आयोजित अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रममा उनले शिक्षा र स्वास्थ्य सेवा मौलिक हक भएकाले यी सेवा व्यावहारिकरूपमा निःशुल्क बनाउन वर्तमान सरकार संवेदनशील भएको बताए […]