स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी पाँच वर्षभित्र मुलुकलाई चिकित्सा शिक्षाको केन्द्र बनाउन जरुरी रहेको बताउनुभएको छ । शनिबार सिन्धुपाल्चोकमा आयोजित २१५१औँ ह्योल्मो सोनाम ल्होसारको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री बस्नेतले साविक अञ्चल अस्पतालमा चिकित्सा शिक्षा अध्यापन गराउन दिने मन्त्रालयको निर्णय छिट्टै कार्यान्वयन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयको निर्णय मन्त्रिपरिषद्मा पठाइसकेको र चिकित्सा शिक्षा …