चितवन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा लागेको बताएका छन्। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले ऐन संशोधनका विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको बताए।चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले नेपालमा स्वास्थ्य शिक्षा जुन ढङ्गले अघि बढ्नुपर्ने हो त्यसरी बढ्न नसकेको मन्त्री बस्नेतको भनाइ थियो।उनले भने, “संशोधनका विषयमा प्रधानमन्त्री तयार हुनुहुन्छ। क्याबिनेटमा समेत अब यस विषयमा छलफल हुन्छ।”ऐन संशोधनका विषयमा दुईपटक बैठक ब