काठमाडौं–७ मा रस्साकस्सी : जसपाको दाबी, कांग्रेसको डेलिगेसन !

मंसिर ४ गते हुने आम निर्वाचनको मिति नजिकिँदै जाँदा सत्ता गठबन्धनमा निर्वाचन क्षेत्र भागबण्डाको रस्साकस्सी बढ्दो छ । गठबन्धनको सिट भागबण्डा कार्यदलले शीर्ष तहलाई प्रतिवेदन बुझाएसँगै अब शीर्ष तहले कसरी त्यसलाई अन्तिम रुप देला भन्ने चासो उत्तिकै छ । यहीबीचमा नेताहरुलाई तल्लो तहबाट दबाब पनि आउन थालेको छ । सिट बाँडफाँड गर्दा पार्टीको जनमत रहेको क्षेत्रमा अन्य पार्टीलाई नदिन र उचित निर्णय गर्न भन्दै उनीहरुले सम्बद्ध पार्टीका शीर्ष नेताहरुमा दबाब बढाएका हुन् । यस्तैमा काठमाडौं क्षेत्र ७ कांग्रेसले

सम्बन्धित सामग्री

लैंगिक समानता र सामाजिक समावेशितामैत्री लगानी नीतिमा जोड

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा डेलिगेसन अफ युरोपियन युनियनले मंगलबार लैंगिक समानता र सामाजिक समावेशिता मैत्री व्यापार तथा लगानी नीतिका विषयमा कार्यशाला गोष्ठी आयोजना गरेका छन्।...

नेपाल युरोपियन फिल्म फेस्टिभलको नयाँ संस्करण नेपालका तीन सहरमा

काठमाडौँ- नेपाल युरोपियन फिल्म फेस्टिभलको नयाँ संस्करण तीन सहर र तीन चरणमा हुने भएको छ। सोमबार काठमाडौँस्थित द डेलिगेसन अफ युरोपियन युनियन टु नेपालको लाजिम्पाटमा भएको पत्रकार सम्मेलनमा नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी कार्यवाहक प्रमुख जोएल हिभोनेटले यो सालको फेस्टिभल नेपालका तीन सहरमा हुने जानकारी गराइन्। जोएलका अनुसार फिल्म महोत्सवको पहिलो चरण सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा यही […]

भरतपुर महानगरमा कांग्रेसले मेयरमा दाबी गर्दै डेलिगेसन जाने

काठमाडौं, २२ चैत्र । चितवनको भरतपुर महानगरपालिकामा दाबी गर्दै नेपाली कांग्रेसका नेताहरु पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउने भएका छन् । चितवन कांग्रेसका सभापति राजेश्वर खनालसहित नेताहरुको टोली बुधबार डेलिगेसनका लागि काठमाडौं पुग्ने भएका हुन् । यस अघिको स्थानीय चुनावमा कांग्रेसको समर्थनमा भरतपुर उपमहानगरपालिकाको मेयरमा माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाल विजयी भएकी थिइन् । यसपटक पनि […]

बाढीले उठिबास हुने अवस्था आएपछि मन्त्रीलाई डेलिगेसन

काठमाडौं, चैत १० । बाढीका कारण स्थानियवासिन्दाको उठिबास हुने अवस्था आएको भन्दै कैलालीको टीकापुरबाट काठमाडौँ पुगेको बाढी पीडित संघर्ष समितिले डेलिगेसन बुझाएको छ । टोलीले मंगलबार अर्थमन्त्री जनार्दन शर्मा र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाललाई भेटेर तीन बुदे ज्ञापन पत्र बुझाएको हो । वर्षादको समयमा आउने गरेको कर्णाली, पथरैया र मोहना नदीको बाढीले […]

शिक्षक माग्दै अभिभावक गाउँपालिका कार्यालयमा

खोटाङ-रावाबेँसी गाउँपालिका–६ हौंचुरस्थित पञ्चकन्या आधारभूत विद्यालयका अभिभावक शिक्षक दरबन्दी माग गर्दै गाउँपालिका कार्यालयमा डेलिगेसन गएका छन् । हाल एक जना स्थायी र तीन जना निजी स्रोतका शिक्षकको भरमा सञ्चालन हुँदै आएको विद्यालयका लागि आवश्यक थप दरबन्दीको माग गर्दै अभिभावक गाउँपालिका केन्द्रमा डेलिगेसन गएका हुन् । स्थानीय तह कार्यान्वयनमा आउनुअघि तत्कालीन जिल्ला शिक्षा कार्यालयले पाँच दरबन्दी […]

सुदूरपश्चिमको मुख्यमन्त्री फेर्न बालुवाटारमा कांग्रेस नेताहरुको 'डेलिगेशन'

नेपाली कांग्रेसले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी छाडेपछि सुदूरपश्चिमका कांग्रेस नेताहरु असन्तुष्ट देखिएका छन्। अब कांग्रेसले सुदूरपश्चिममा मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै सो प्रदेशका कांग्रेस नेताहरु शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ‘डेलिगेसन’ आएका छन्।

तीन मन्त्रालयमा धरान उपमहानगरपालिकाको डेलिगेसन

धरानका मेयर तिलक राईको नेतृत्वमा काठमाडौँ आइपुगेका राजनीतिक गठबन्धनको समूहले विभिन्न मन्त्रालयमा गएर धरानको विकास निर्माणको बारेमा ध्यानाकर्षण गराएका छन् । बिहीबार कानुन मन्त्रालय, अर्थ मन्त्रालय र जन स्वास्थ्य वातावरण मन्त्रालय पुगेर ध्यानाकर्षण गराएका हुन् ।डेलिगेसनको क्रममा मेयर राईसहितको टोलीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका बेथितिको बारेमा समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छन् ।  खानेपानी, सेउती र सर्दु करिडोर निर्माण, विद्युत् राष्ट्रिय प्रस

भीम रावलको राजीनामा फिर्ता गराउन डेलिगेसन

एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेपछि सुदूरपश्चिमका एमाले नेताहरू काठमाडौं आएका छन्। उनीहरू रावलको राजीनामा फिर्ता गराउन र माधव नेपाल समूह नछाड्न दबाब दिन काठमाडौं आएका हुन्।सुदूरपश्चिमका केन्द्रीय सदस्य, प्रदेश सांसद र प्रदेशका मन्त्रीसहितको १७ जनाको टोली यति बेला काठमाडौंमा छन्। मंगलबार साँझ उनीहरूले नेता रावललाई भेटेका छन्। बुधबार बिहान नेता नेपालसँग भेट्ने तयारी छ। मन्त्री प्रकाशबहादुर शाह, दीर्घराज सोडारीसहितका नेताहरू काठमाडौं आएका हुन्। रावलले शेरबहादुर देउवाल