गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले माघे संक्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना ब्यक्त गरेका छन् । प्रदेश प्रमुख गुरुङ र मुख्यमन्त्री पोखरेलले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै विभिन्न जातजाति तथा समुदायहरूले मनाउने चाड माघे संक्रान्ति एवं माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।प्रदेश प्रमुख गुरुङले जारी गरेको शुभकामना