गण्डकी र लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

काठमाडौं। गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्। शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना तथा मन्त्रीहरु सहभागी थिए।

सम्बन्धित सामग्री

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता शर्माले लिए शपथ

कास्की – गण्डकी प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार आयोजित एक समारोहमा उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालत पोखराका मुख्य न्यायाधिश डिल्लीराज आचार्यले शपथ गराएका हुन्। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरू, उच्च पदस्थ कर्मचारी, सञ्चारकर्मीलगायतको उपस्थिति थियो। शर्मालाई बुधबार बसेको गण्डकी […]

गण्डकी प्रदेशसभाका सदस्यहरूले लिए शपथ

पर्वत : गण्डकी प्रदेशसभाका सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।पोखराको नदीपुरस्थित प्रदेशसभा हलको कक्षमा बिहीवार आयोजित शपथ ग्रहणमा प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले उनीहरूलाई शपथ खुवाएका हुन्। शपथ ग्रहण समारोहमा सांसदहरू निर्वाचन आयोगले दिएको निर्वाचित भएको प्रमाणपत्र सहित राष्ट्रिय तथा जातीय पहिचान झल्किने पोशाकमा उपस्थित भएका थिए।ज्येष्ठ सदस्य बस्याललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधवार शपथ ग्रहण गराएका थिए। ६० सदस्यीय गण्डकी प्रदेश सभाका ५९ जना सदस्यहरूलाई बिहीबार शपथ ख

गण्डकीका प्रदेश सभा सदस्यले शपथ लिए

कास्की – गण्डकी प्रदेश सभा सदस्यले आज बिहीवार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभा सदस्यलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराउनुभएको हो । यसअघि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हिजाे बुधवार बस्याललाई शपथ गराउनुभएको थियो । शपथ ग्रहण समारोहमा प्रदेश सभा सदस्य निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्रसहित राष्ट्रिय एवम् जातीय पहिचान झल्किने पोसाकमा उपस्थित थिए । ६० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा (माओवादी केन्द्र) का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (एकी...

गण्डकी प्रदेश सभाका जेष्ठ सदस्यले लिए शपथ, अरुको भोलि

गण्डकी प्रदेश सभाका जेष्ठ सदस्य मित्रलाल बस्यालले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।  प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा बस्याललाई जेष्ठ सदस्यको शपथ गराए ।  एमालेका बस्याल...

गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्यको शपथ १३ पुसमा

गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यमध्ये ज्येष्ठ सदस्यलाई यही पुस १३ मा शपथ गराइने भएको छ। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश प्रमुखको निवास सिमलचौरमा सपथ गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयका...

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले आज शीतल निवासमा आयोजित कार्यक्रममा शपथ लिनुभएको हो । उहाँहरूलाई नेपाल सरकारको सिफारिशमा राष्ट्रपतिले मङ्गलबार नियुक्त गर्नुभएको थियो । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षलगायतको उपस्थिति थियो …

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए शपथ

१३ साउन, काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद […]

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखलाई राष्ट्रपतिले गराइन् शपथ

काठमाडौँ-  राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राष्ट्रपति निवास शीतलनिवासमा प्रदेश प्रमुखमा नियुक्त दुईजनालाई शपथ ग्रहण गराएकी छन्। राष्ट्रपति भण्डारीले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गण्डकी र लुम्बिनीमा गुरुङ र शेरचनलाई मंगलबार सिफारिस गरेको हो।

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा शपथ

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यन्यायाधिवक्ता रोहितराज बास्तोलाले आज आफ्नो पदको शपथ लिएका छन् । उनीलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष उच्च अदालत पोखराका मुख्य न्यायाधिश रमेश पोख्रेलले पद तथा गोपनीयताको शपथ गराएका हुन्। सो कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, सभामुख नेत्रनाथ अधिकारी, प्रदेशका मन्त्रीहरु, प्रदेशसभा सदस्य र सचिवहरुको उपस्थिती रहेको […]

नवनियुक्त गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले लिए शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । सोमबार मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुखमा नियुक्त भएका गण्डकी प्रदेशकी सीता पौडेल र सुदूरपश्चिम प्रदेशका गङ्गाप्रसाद यादवलाई सोमबार अपराह्न राष्ट्रपति भण्डारीले शपथ गराएकी हुन् । शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए । […]