दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितहरु थोरै संख्यामा घट्दै गएको देखिएको छ। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टाको समयाअवधीमा यहाँ २५ हजार जनामा यसको संक्रमण भएको देखिएको छ।
सोल। दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितहरु थोरै संख्यामा घट्दै गएको देखिएको छ। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टाको समयाअवधीमा यहाँ २५ हजार जनामा यसको संक्रमण भएको देखिएको छ।
यहाँ यसअघि दैनिक लाखौँ जना कोरोनाका संक्रमित देखिएकामा पछिल्ला केही हप्तायता भने घट्दै गएको पाइएको हो।
विश्वभर फैलिएको कोरोना महामारीका करिब दुई वर्ष नेपालको पर्यटन क्षेत्र प्राय ठप्प रह्यो। जसले पर्यटन क्षेत्रमा ठूलो क्षति पुग्यो। पछिल्लो समय कोरोनाको संक्रमण घट्दै गएपछि पर्यटन क्षेत्रले बिस्तारै गति लिएको छ। नेपालमा पर्यटक आगमन बढ्दै गएको छ।महामारीले पर्यटन क्षेत्रमा कस्तो असर पर्यो? अहिले कस्तो अवस्था छ? पुरानै अवस्थामा पुग्न कति समय लाग्छ? यसै सेरोफेरोमा नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामासँग थाहाखबरकर्मी सञ्जिता आचार्यले गरेको कुराकानी : कोरोना संक्रमण दरमा कमी आएसँगै
कोरोना महामारीको संक्रमण कम भएसँगै अन्य क्षेत्रले गति लियो। तर, पर्यटन क्षेत्रमा सरकारले लगाएको विभिन्न प्रावधानका कारण लामो समयसम्म सञ्चालनमा आउन सकेन। जसले नेपालको पर्यटन क्षेत्रमा ठूलो क्षति पुग्यो।पछिल्लो समय कोरोनाको संक्रमण घट्दै गएसँगै पर्यटन क्षेत्रले विस्तारै गति लिएको छ। अहिले पर्यटन क्षेत्रको अवस्था कस्तो छ? पुरानै अवस्थामा पुग्न कति समय लाग्छ? सरकारसँग कस्तो योजना छ? आदि विषयमा नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेसँग थाहाखबरकर्मी सञ्जिता आचार्यले गरेको कुराकानी :अहिले कोरोनाको
सिड्नी–अष्ट्रेलियाले आफनो अन्तर्राष्ट्रिय सीमा खुला गर्ने भएको छ । पूर्ण मात्रा खोप लगाएका विदेशी पर्यटकका लागि आउँदो फेब्रुअरी २१ देखि प्रवेशमा अनुमति दिइने अष्ट्रेलिया सरकारले जनाएको छ । यस्तै विदेशी विद्यार्थीलाई पनि प्रवेशमा अनुमति दिइने भएको छ । कोरोनाका कारण सन् २०२० को मार्चदेखि अन्तर्राष्ट्रिय सिमामा प्रतिबन्ध लगाइएको थियो । कोरोनाको संक्रमण दर घट्दै गएको […]
हेटौंडा : मकवानपुर जिल्ला अदालतले आइतबारदेखि आफ्ना सम्पूर्ण सेवा फेरि दिन थाल्ने भएको छ। अदालतले कोरोनाको संक्रमण बढेपछि २ साताअघिदेखि सीमित सेवा मात्र दिइरहेको थियो।कोरोना संक्रमणको दर घट्दै गएसँगै फेरि सबै सेवा दिने भएको हो।अदालतले शुक्रबार एक सूचना जारी गर्दै माघ २३ गते आइतबारबाट सम्पूर्ण सेवा दिने जनाएको हो।
कोरोनाको संक्रमण दर घट्दै गएको पाइएको छ । गत हप्ताको तुलनामा संक्रमणदर औसतमा ४ प्रतिशतले कमी आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिले संक्रमणदर पीसीआरमा ४१.२ प्रतिशत छ । अघिल्लो हप्ता ४७.२ प्रतिशत थियो । एन्टिजेनको भने ०.३ प्रतिशत बढेर ३२.९ छ ।
औसतमा हेर्दा संकमणदर घटेको मन्त्रालयको भनाइ छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ नमूना परीक्षणमध्ये ३०४९ पीसीआर र ४९१ जनामा एन्टिजेन पोजिटिभ ...
विराटनगर (अस) । वैशाखको अन्त्य र जेठको पहिलो साता प्रदेश १ मा दैनिक १२ सयमा कोरोना पोजेटिभ देखिए पनि निषेधाज्ञाको सकारात्मक प्रभावका कारण अहिले कोरोनाको संक्रमण दर घटेर दैनिक ३०० हाराहारीमा झरेको छ । त्यस्तै प्रदेश १४ जिल्लामध्ये ७ जिल्लामा नयाँ संक्रमणको दर शून्यमा झरेको छ ।
कोरोनाको संक्रमणदर घट्दै गएपछि निषेधाज्ञा विस्तारै खुकुल्याउँदै लगिएको छ । प्रदेश १ मा दैनिक कोरोना संक्रमितको संख्या ३ सयभन्दा कममा झरेको छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार आइतवार प्रदेश १ मा २५५ जना कोरोना संक्रमित थपिएका छन् ।
सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको ‘कोभिड–१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति’को सचिवालय संयोजक डा. रवीन्द्र निरौलाले पछिल्लो १० दिनदेखि संक्रमणको दर दैनिक घटेको र निको हुनेको संख्या बढेको बताए ।
मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा पहाडी तथा हिमाली जिल्लामा दैनिक संक्रमित हुनेको संख्या शून्यमा झरेको छ । संखुवासभा, तेह्रथुम, इलाम, पाँचथर, ताप्लेजुङ, सोलुखुम्बु र खोटाङ जिल्लामा दैनिक संक्रमणको दर शून्यको अवस्थामा पुगेको हो । शनिवार र आइतवार ती जिल्लामा संक्रमणको दर शून्य रहेको मन्त्रालयले बताएको छ ।
कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले दुई सातायता कोरोना संक्रमितको संख्या तुलनात्मक रूपमा घटेको बताए । ‘तर, जोखिम घटिसकेको छैन,’ उनले भने ।
पहाडी जिल्लामा संक्रमणको दर शून्य र केहीमा अति न्यून रहे पनि सघन जनसंख्या रहेको तराईका मुख्यतः झापा, मोरङ र सुनसरीमा भने अझै पनि संक्रमणको दरमा उल्लेख्य कमी आउन नसकेको मन्त्रालयले बताएको छ । दैनिक संक्रमणको दर ओरालो लागेसँगै अस्पतालको सघन उपचार कक्षमा बिरामीको चाप पनि घटेको छ ।
कोरोनाको संक्रमण घट्दै गएपछि निजी क्षेत्रको छाता संस्था उद्योग वाणिज्य महासंघको साधारण सभा साउन २६ र २७ गते गर्ने मिति तय भएको छ। साधारण सभा हुने भएपछि महासंघमा नेतृत्व लिन रस्साकस्सी सुरु भएको छ।
काठमाडौं : चीनबाट २ महिना अघि फैलिएको कोरोना भाइरस (कोभिड–१९) ३० देशमा फैलिएको छ। पछिल्लो समय मध्य पूर्वमा बढी देखिन थालेको कोरोना भाइरस दक्षिण कोरिया, इरान, बहराइनमा पनि देखिएको छ।
चीनमा भने कोरोनाको संक्रमण दर घट्दै गएको तर अन्य देशमा भने यसको संक्रमण दर बढ्दे गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।...
बिबिसी – चीनमा केही दिन यता कोरोना भाइरस ( कोभिड १९ ) का कारण मृत्यु र संक्रमित हुनेको संख्या घट्दै गएको छ। तर दक्षिण कोरिया, इटाली, इरान लगायत अन्य राष्ट्रमा भने कोरोनाको संक्रमण बढ्दै गएको...