‘पर्यटन क्षेत्रमा आशा जागेको छ‚ पुरानै लयमा आउन समय लाग्छ’

विश्वभर फैलिएको कोरोना महामारीका करिब दुई वर्ष नेपालको पर्यटन क्षेत्र प्राय ठप्प रह्यो। जसले पर्यटन क्षेत्रमा ठूलो क्षति पुग्यो। पछिल्लो समय कोरोनाको संक्रमण घट्दै गएपछि पर्यटन क्षेत्रले बिस्तारै गति लिएको छ। नेपालमा पर्यटक आगमन बढ्दै गएको छ।महामारीले पर्यटन क्षेत्रमा कस्तो असर पर्‍यो? अहिले कस्तो अवस्था छ? पुरानै अवस्थामा पुग्न कति समय लाग्छ? यसै सेरोफेरोमा नेपाल पर्वतारोहण संघका  अध्यक्ष सन्तवीर लामासँग थाहाखबरकर्मी सञ्जिता आचार्यले गरेको कुराकानी : कोरोना संक्रमण दरमा कमी आएसँगै

सम्बन्धित सामग्री

कोभिडका कारण थला परेका स्याङ्जाका घरबास तंग्रिन खोज्दै

फागुन १९, स्याङ्जा । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण थला परेको स्याङ्जाका घरबास (होमस्टे) हरु विस्तारै खुल्न थालेका छन् । कोभिड-१९ को संक्रमणको जोखिमकै कारण बन्द भएका स्याङ्जाका विभिन्न होमस्टेहरु संक्रमण कमी भएसँगै खुल्न थालेका हुन् । जिल्लाका ११ ओटा स्थानीय तहहरुमा स्थापित पुराना तथा नयाँ घरबासहरु कोभिडका कारण थलिए पनि विस्तारै खुलेसँगै पाहुनाहरुको चलहपहल बढेकाले तङ्ग्रिदै जान थालेका हुन् । होमस्टेको राजधानीको रुपमा परिचित हुँदै गएको स्याङ्जा जिल्लामा दक्षिण एशियाकै पहिलो सामुदायिक घरबास (सिरुबारी) सहित यहाँ अन्य पुराना तथा नयाँ नयाँ घरबासहरु पनि सञ्चालनमा छन् । देशभरकै १०० नयाँ पर्यटकीय गन्तब्यमा पर्न सफल रहेको सिरुबारी अघिल्लो कोभिड कहरको अन्त्यसँगै फागुनको पहिलो साताबाट सञ्चालनमा आएको सिरुबारी सामुदायिक होमस्टेका व्यवस्थापक उर्मिला गुरुङले जानकारी दिइन् । ‘पहिलो चरणको कोभिड-१९ को कहरबाट उठ्न खोज्दा खोज्दै दोस्रो र तेस्रो लहरको नयाँ भेरियन्टहरु आइलाग्यो’ व्यवस्थापक गुरुङले भनिन्, ‘देशव्यापी महामारी बढेसँगै यहाँ आन्तरिक तथा बाह्य पाहुनाहरु आउनेक्रम रोकियो, अहिले संक्रमण घटेसँगै पुनः सञ्चालनमा ल्याएका छौं ।’ ३९ घरबाट शुरु भएको घरबास हाल २० घरमा सञ्चालित छ । यहाँ १०० को हाराहारीमा पाहुना राख्न सकिन्छ । सिरुबारी गुरुङ समुदायको बसोबास भएको पर्यटकीय गाउँ हो । यहाँ आउने पाहुनालाई गुरुङ समुदायको कला र संस्कृतिबाट न्यानो स्वागत गर्ने गरिन्छ । विशेष गरेर यहाँ घरबासको व्यवस्थापन पक्षकाबारेमा बुझ्न टाढा टाढाबाट पाहुनाहरु आउने गर्छन् । पहिलो चरणको बन्दाबन्दीबाट माथि उठ्न नपाउँदै दोस्रो र तेस्रो चरणको कोभिड १९ का कारण बन्द हुन पुगेको फेदीखोला गाउँपालिका १ रामकोटको नानीफूपू होमस्टे पनि सञ्चालनमा आएको अध्यक्ष खगीकुमारी गुरुङ (नानीफूपू) ले बताइन् । ‘घरबासमा आउनका लागि देशका विभिन्न भागबाट फोन आउने गरेको थियो’ अध्यक्ष गुरुङले भनिन्, ‘जोखिमलाई मध्यनजर गर्दै सम्पर्कमा आएका पाहुनाहरुलाई नआउन अनुरोध गर्दै फर्कायौं तर अहिले संक्रमणको दर कम हुँदै गएपछि पुनः सञ्चालनमा ल्याएका छौं ।’ विश्व शान्ति र ब्रिटिस साम्राज्यको सम्बृद्धिको पक्षको युद्धहरुमा मारिएका र बेपत्ता पारिएका ६० हजारभन्दा बढी दिवंगत गोर्खालीहरुको सम्मानमा साल्मेडाँडामा निर्माणाधिन अवस्थामा रहेको गोरखा स्मारकसँगै रहेकाले पनि यो होमस्टेमा पाहुनाहरुको आवतजावत बढी हुने गरेको छ । वालिङ नगरपालिका ४ एलादीमा रहेको सुन्तलाबारी सामुदायिक घरबासलाई पनि कोभिडले नराम्रो असर पार्‍यो । औसतमा दैनिक ४०–५० जना आन्तरिक तथा बाह्य पाहुनाहरु आउने गरेको उक्त घरबास अझै खुल्न सकेको छैन ।  कोभिडको पहिलो लहरमा पनि पूर्णरुपमा बन्द रहेको उक्त घरबास दोस्रो र तेस्रो लहरको शुरुआती चरणबाटै बन्द गरेर यहाँ पाहुनाहरुलाई नआउन अनुरोध गरिएको अध्यक्ष क्याप्टेन डिलबिक्रम गुरुङले बताए ।  कोभिड १९ को संक्रमण दर अब कम हुँदै गएकाले छिट्टै बैठक बसेर कहिलेबाट सञ्चालन थाल्ने भन्ने निर्णय गर्छौ । कोभिडका कारण बन्दाबन्दीबाट आक्रान्त भएका व्यक्तिहरु संक्रमण दर कम भएसँगै घरबाहिर निस्कने, घुम्ने क्रम बढेसँगै दैनिक पाहुनाको अत्याधिक चाप हुने गरेको वालिङ ५ मा रहेको पित्लेक देउराली घरबासका सचिव तिलक गुरुङले बताए । ‘घरबास सञ्चालनमा आएकासँगै जिल्लाभित्र तथा बाहिरी जिल्लाबाट संघ, संस्था, समूह तथा व्यक्तिहरुको फोन आउन थालेको छ’ सचिव गुरुङले भने, ‘कोभिडकै कारण थला परेको घरबास अब भने तङ्ग्रिन्छ कि भन्ने आशा जागेको छ ।’ पित्लेक देउराली घरबासमा ६० जना पाहुनाहरु राख्न सक्ने क्षमता रहेको छ । कोभिडको संक्रमणदर कम भएसँगै अब विस्तारै पुरानै लयमा फर्किन पाईने विश्वासमा आफूहरु रहेको सचिव गुरुङले बताए । यी प्रतिनिधि घरबासहरु जस्तै जिल्लामा रहेका अन्य घरबासहरु पनि विस्तारै खुल्दै गएका छन् । घरबासहरु खुल्दै गएकाले यहाँ आन्तरिक तथा बाह्य पाहुनाहरु आउन थालेपछि चहलपहल बढ्दै गएको छ ।

नेतृत्वमा पुरानै अनुहार, ‘कर्मकाण्डी’ बन्दै दलका महाधिवेशन !

काठमाडौं : नेपाली राजनीतिक वृत्तमा सबै राजनीतिक दलहरूलाई महाधिवेशनको चटारो छ। सत्तापक्ष र प्रतिपक्षसहित साना दलहरु पनि महाधिवेशनको तिव्र तयारीमा छन्।सत्तारुढ घटक नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)देखि नेकपा मालेसम्मलाई महाधिवेशनको भोक जागेको छ। महाधिवेशनले पार्टीको नेतृत्व चयन गर्न नभएर विधान र संविधानअनुसार पार्टीको वैधानिकता जोगाउनका लागि मात्रै राजनीतिक दलहरुले महाधिवेशन गर्न लागेको देखिन्छ। पाँच दलीय सत्ता