चिया उत्पादन गर्ने किसानसम्म पुगेर मात्र गुणस्तर सुधार हुने भन्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्ड अहिले बगानसम्म पुगेको छ । चियाको बोटदेखि उपभोक्ताको ओठसम्मका प्रक्रिया सुधार्दै चियालाई अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउनुपर्ने औंल्याउँदै बोर्डले किसानसम्मै पुगेर अभियान थालेको हो ।