चियाबारीमा पुगेर सीप सिकाउँदै बोर्ड

झापा । चिया उत्पादनको सरल तथा आधुनिक प्रविधि सिकाइ व्यावसायिक उत्पादन वृद्धि गर्ने उद्देश्यले इलामका किसानलाई चिया काट्ने सीप सिकाइँदै छ । गाउँमै सामान्य ज्ञान र सीप लिएर पाँखाबारीमा चिया लगाएका किसानलाई चिया तथा कफी विकास बोर्डका प्राविधिकले उनीहरूको खेतबारीमै पुगेर चिया काट्ने तरिकाबारे प्राविधिक सीप सिकाउन लागेको हो । चालू आर्थिक वर्षको कार्यक्रमअनुसार चिया किसानलाई व्यावसायिक बनाउने लक्ष्यसहित ‘असल कृषि अभ्यासअन्तर्गत चिया काट्ने प्राविधिक सीप’ सिकाउन थालिएको बोर्डले बताएको छ । दक्ष प्राविधिक सहितको टोलीले किसानको खेतबारीमै पुगेर चिया काट्ने सीप सिकाउन थालिएको बोर्डको भनाइ छ । बोर्डका अनुसार चियाको राजधानीका रूपमा परिचित इलामका किसानलाई चियाको गुणस्तर र उत्पादन वृद्धिका लागि यो कार्यक्रम अगाडि बढाइएको छ । हाल चियाको उत्पादन बन्द छ । जाडो महिना शुरू भएसँगै चियाको उत्पादन बन्द हुन्छ । तर यही सिजनमा चियालाई छाँटकाँट गर्नुपर्दछ । चिया छाँटकाँट नमिलाउँदा उत्पादन र गुणस्तर दुवै राम्रो नहुने भएकाले बोर्डले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । जाडो महिना शुरू भएसँगै चिया कटिङ सिजन शुरू भएको छ । यही अवसरमा बोर्डले जिल्लाका चिया किसानलाई चिया काट्ने तालिम दिएको हो । चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले कागजी प्रक्रियामा काम देखाएर चियाको विकास नहुने भन्दै प्रयोगात्मक रूपबाटै अघि बढ्न तालिम आवश्यक रहेको बताए । किसानलाई छाँटकाँट गराउन गएको पुसमा चिया काट्ने तालिम दिइएको छ । यो कार्यक्रम किसानसँग प्रत्यक्ष सञ्चालन हुने भएकाले फलदायी भएको उनको भनाइ छ । किसानले समेत यस कार्यक्रमलाई सफल बनाउन आफूहरू खटेको बताउँछन् । किसान शिवलाल प्रधानले यस खालको सीपले आफूहरूलाई हौसला समेत थपिएको बताए । बोर्डका कार्यकारी निर्देशक भट्टराई भने, ‘यो समय चिया कटिङको समय भएकाले चिया काट्न सिकाएका हौं ।’ किसानले चिया कसरी काट्ने भन्ने पनि अहिलेसम्म थाहा नहुँदा चियाको गुणस्तरमा समस्या आएको उनले बताए । पुसमा जिल्लाका १२ स्थानमा १५ देखि ३० जनाको समूह बनाएर यस सम्बन्धी तालिम सञ्चालन गरिएको बोर्डले बताएको छ । प्रमाणपत्रको आधारमा नभई कटिङका बेला कैंची चलाउन जान्ने किसानलाई तालिमका लागि छनोट गरिएको बताइएको छ । कैंची नै चलाउन नजान्नेले चिया काट्ने भन्दा बिगार्ने बढी भएकाले त्यस्ता किसान छनोट नगरेको बोर्डले बताएको छ । तालिमका लागि किसान छनोट गर्दा उद्योगसँग आबद्ध किसानको सूचीका आधारमा छनोट गरिएको छ । पछिल्लो समय चियाको बजार विस्तारका लागि छिमेकी मुलुक चीन सकारात्मक रहेको भन्दै कार्यकारी निर्देशक भट्टराईले यसबारे अन्य मुलुकसँग पनि छलफल र सकारात्मक पहल भइरहेको जानकारी दिए । यसका लागि सबैभन्दा पहिले नेपालको चिया गुणस्तरीय बनाउन आवश्यक रहेको उनको भनाइ छ । चियाको राजधानी घोषणा गरेको सूर्याेदय नगरपालिकाका प्रमुख रणबहादुर राईले चियाको मूल्य समाधानका लागि नगरपालिकाले न्यूनतम मूल्य तोकेरै अघि बढाए पनि केही व्यक्तिले त्यसलाई नकारात्मक प्रयोग गरेको बताए । नगरपालिकाले प्रतिकिलो न्यूनतम मूल्य ४० रुपैयाँ तोकेको छ । इलाममा तीन हजार ३९३ हेक्टर क्षेत्रफलमा चियाखेती हुँदै आएको छ । झापामा सात हजार १९५ हेक्टरमा चियाको खेती हुने सर्वेक्षणले देखाएको छ । इलामसहित विभिन्न पहाडी जिल्लामा वार्र्षिक ५५ लाख किलो अर्थाेडक्स चिया उत्पादन हुने गरेको तथ्यांक छ । रासस

सम्बन्धित सामग्री

परम्परागत सीप सिकाउँदै ज्येष्ठ नागरिक

धुलिखेल– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ की ९२ वर्षीया गणेशमाया देउला एक हप्तादेखि नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहेकी छिन् । नेवार समुदायमा रहेका कामका लागि आवश्यक पर्ने विभिन्न सामग्री बुन्ने व्यक्ति र सीप नै लोप हुने अवस्थामा पुगेका बेला यहाँका वृद्धाले नयाँ पुस्तालाई उक्त सीप हस्तान्तरण गर्ने काम गरेका हुन् । महिलाले सीप […]

सीप सिकेर स्वरोजगार बन्दै महिला

घोराही (दाङ) – दाङका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका छन्। घोराही उपमहानगरपालिका–१४ स्थित स्वप्न होजियारी उद्योग एवं प्रशिक्षण केन्द्रमा महिला सीप सिकेर स्वरोजगार बन्न थालेका हुन्। आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सीप सिक्न थालेको घोराही उपमहानगरपालिका–१४ कपासीका उमेरले ५० वर्ष पुगेकी मीना ओलीले बताइन्। उनले भनिन्, ‘सीप सिक्छौँ, आत्मनिर्भर बन्छौँ, आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न […]

विद्यालयमै जीवनपयोगी सीप सिक्दै विद्यार्थी

सल्यान : आधुनिकतासँगै समाजका परम्परागत कुरा नयाँ पुस्ताले भुल्दै जान थालेका छन्। जति पनि रैथाने सीप तथा संस्कृति छन् विस्तारै समाजबाट लोप हुँदै जान थालेका छन्।आधुनिकतासँगै लोप हुन लागेका सीप र व्यवसायलाई संरक्षण एवम् प्रवद्र्धन गर्न सल्यानका विद्यार्थीहरुलाई परम्परागत सीप सिकाउन थालिएको छ।जिल्लाको कपुरकोट गाउँपालिका ५ रिममा रहेको जनज्योति माध्यमिक विद्यालयले पुराना पेसा व्यवसायबारे ज्ञान दिन विद्यार्थीहरुर्ला सामेल गराएर सिकाउने र विद्यार्थीमा भएको प्रतिभा उजागर गर्ने कार्यको थालनी गरेको छ।विषयग

सीप नसिकी विदेश जाँदा पछुतो भयो, अब त बिना सीप जान्न भो

बिना सीप वैदेशिक रोजगारीमा जाँदा भनेजस्तो काम र कमाइ नपाएको गुनासोहरू बढ्दो छ । तर सीप सिकेर दक्ष श्रमिकका रूपमा वैदेशिक रोजगारीमा जानेले राम्रो काम र कमाइ गरिरहेका छन् । वैदेशिक रोजगारीमा जानेहरूलाई विभिन्न निकायले विभिन्न विषयमा बेला बेलामा निःशुल्क सीप तालिम दिइरहेका हुन्छन् । आफैँले पैसा तिरेर पनि आफूले चाहेको सीप आफ्नो उपयुक्त समयमा सिक्न सकिन्छ ।

विदेशको काम, सीप भए हुन्छ सुरक्षा र राम्रो दाम

वैदेशिक रोजगारीमा जाँदा हातमा सीप हुने हो भने सीप अनुसारको कमाइ हुन्छ । काम गर्न पनि सहज हुन्छ । विदेशमा गएर गर्ने काम यहीबाट जानेर जाँदा विदेशमा सहज हुन्छ । आफ्नो रुचि अनुसारको सीप पैसा तिरेर पनि सिक्न सकिन्छ भने विभिन्न समयमा सरकारी तथा गैरसरकारी निकायहरूले निःशुल्क पनि सीप सिकाइरहेका हुन्छन् ।

कैदीबन्दीलाई तीनमहिने सीप विकास तालिम

ललितपुर महानगरले नख्खु कारागारमा रहेका कैदीबन्दीहरूलाई सीप विकास तालिम दिएको छ । कारागारमा रहेका कैदीबन्दीमा सीप विकास गरेर उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन महानगरले तालिम दिएको हो ।  पहिलो चरणमा नख्खु कारागारमा रहेका...

सीप सिकेर स्वरोजगार बन्दै जुम्लाका महिला

जुम्ला : जुम्लाका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका छन्। चन्दननाथ नगरपालिकाका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका हुन्।आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सीप सिक्न थालेको चन्दननाथ नगरपालिका–६ की संगीता रावलले बताइन्। उनले भनिन्, ‘सीप सिक्छौँ। आत्मनिर्भर बन्छौँ। आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ।’सामाजिक विकास कार्यालय जुम्लाले बेरोजगार महिलालाई स्वरोजगार सिर्जना गर्न एकमहिने हाते होजियारी तालिम दिएको थियो। ‘एक महिनासम्म आर्थिक आर्जन गर्ने सीप

सीप सिकेर स्वरोजगार बन्ने अठोट

जुम्ला चन्दननाथ नगरपालिकाका महिला रोजगारी बन्न सीप सिक्न थालेका छन्। उनीहरुले सीप सिकेर स्वरोजगार बन्ने अठोट लिएका हुन्।...

अपाङ्गता भएकालाई सीप र अवसरको खाँचो

अपाङ्गता भएका व्यक्तिहरूलाई सीप र अवसर आवश्यक रहेको एक कार्यक्रमका सहभागिले बताएका छन्।

परिसंघ र सीप कार्यक्रमबीच समझदारी

कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रमलाई अघि बढाउने उद्देश्यले नेपाल उद्योग परिसंघ र युके एड (रोजगारीका लागि सीप कार्यक्रम–सीप) कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलको उपस्थितिमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र सीप परियोजनाका टिम लिडर बलिजत बोहराले हस्ताक्षर गरेका छन् । कार्यक्रममा उद्योग सचिव पोखरेलले औद्योगिक क्षेत्रका लागि […]