चियाको उत्पादन र गुणस्तर बढाउन किसानलाई तालिम

चिया उत्पादन र प्रशोधनमा गुणस्तर बढाउन देशका १३ जिल्लाका किसानलाई सीप सिकाइएको छ। ‘एक सहकारी-एक चिया प्राविधिक’को अवधारणाअनुसार २ सय ९० किसानलाई चिया उत्पादन र प्रशोधनसम्बन्धी तालिम दिइएको हो।...

सम्बन्धित सामग्री

इलाममा चिया टिप्न र प्रशोधन गर्नका लागि किसानको आकर्षण बढ्याे

इलाम । इलाममा १२ सय किसानलाई चियाको गुणस्तर कायम गर्ने गरी चिया टिप्न र प्रशोधन गर्नका लागि तालिम समेत दिइएकाले वर्षायामको चिया टिप्नका लागि किसानको आकर्षण बढेको छ । अहिले इलाममा वर्षायामको चिया टिप्न सुरू गरिएको छ । जाडो महिना सुरु भएसँगै चियाको उत्पादन बन्द भएको इलाममा अहिले भने चियाको टिपाइ र प्रशोधनको काम धमाधम […]

चियाबारीमा पुगेर सीप सिकाउँदै बोर्ड

झापा । चिया उत्पादनको सरल तथा आधुनिक प्रविधि सिकाइ व्यावसायिक उत्पादन वृद्धि गर्ने उद्देश्यले इलामका किसानलाई चिया काट्ने सीप सिकाइँदै छ । गाउँमै सामान्य ज्ञान र सीप लिएर पाँखाबारीमा चिया लगाएका किसानलाई चिया तथा कफी विकास बोर्डका प्राविधिकले उनीहरूको खेतबारीमै पुगेर चिया काट्ने तरिकाबारे प्राविधिक सीप सिकाउन लागेको हो । चालू आर्थिक वर्षको कार्यक्रमअनुसार चिया किसानलाई व्यावसायिक बनाउने लक्ष्यसहित ‘असल कृषि अभ्यासअन्तर्गत चिया काट्ने प्राविधिक सीप’ सिकाउन थालिएको बोर्डले बताएको छ । दक्ष प्राविधिक सहितको टोलीले किसानको खेतबारीमै पुगेर चिया काट्ने सीप सिकाउन थालिएको बोर्डको भनाइ छ । बोर्डका अनुसार चियाको राजधानीका रूपमा परिचित इलामका किसानलाई चियाको गुणस्तर र उत्पादन वृद्धिका लागि यो कार्यक्रम अगाडि बढाइएको छ । हाल चियाको उत्पादन बन्द छ । जाडो महिना शुरू भएसँगै चियाको उत्पादन बन्द हुन्छ । तर यही सिजनमा चियालाई छाँटकाँट गर्नुपर्दछ । चिया छाँटकाँट नमिलाउँदा उत्पादन र गुणस्तर दुवै राम्रो नहुने भएकाले बोर्डले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । जाडो महिना शुरू भएसँगै चिया कटिङ सिजन शुरू भएको छ । यही अवसरमा बोर्डले जिल्लाका चिया किसानलाई चिया काट्ने तालिम दिएको हो । चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले कागजी प्रक्रियामा काम देखाएर चियाको विकास नहुने भन्दै प्रयोगात्मक रूपबाटै अघि बढ्न तालिम आवश्यक रहेको बताए । किसानलाई छाँटकाँट गराउन गएको पुसमा चिया काट्ने तालिम दिइएको छ । यो कार्यक्रम किसानसँग प्रत्यक्ष सञ्चालन हुने भएकाले फलदायी भएको उनको भनाइ छ । किसानले समेत यस कार्यक्रमलाई सफल बनाउन आफूहरू खटेको बताउँछन् । किसान शिवलाल प्रधानले यस खालको सीपले आफूहरूलाई हौसला समेत थपिएको बताए । बोर्डका कार्यकारी निर्देशक भट्टराई भने, ‘यो समय चिया कटिङको समय भएकाले चिया काट्न सिकाएका हौं ।’ किसानले चिया कसरी काट्ने भन्ने पनि अहिलेसम्म थाहा नहुँदा चियाको गुणस्तरमा समस्या आएको उनले बताए । पुसमा जिल्लाका १२ स्थानमा १५ देखि ३० जनाको समूह बनाएर यस सम्बन्धी तालिम सञ्चालन गरिएको बोर्डले बताएको छ । प्रमाणपत्रको आधारमा नभई कटिङका बेला कैंची चलाउन जान्ने किसानलाई तालिमका लागि छनोट गरिएको बताइएको छ । कैंची नै चलाउन नजान्नेले चिया काट्ने भन्दा बिगार्ने बढी भएकाले त्यस्ता किसान छनोट नगरेको बोर्डले बताएको छ । तालिमका लागि किसान छनोट गर्दा उद्योगसँग आबद्ध किसानको सूचीका आधारमा छनोट गरिएको छ । पछिल्लो समय चियाको बजार विस्तारका लागि छिमेकी मुलुक चीन सकारात्मक रहेको भन्दै कार्यकारी निर्देशक भट्टराईले यसबारे अन्य मुलुकसँग पनि छलफल र सकारात्मक पहल भइरहेको जानकारी दिए । यसका लागि सबैभन्दा पहिले नेपालको चिया गुणस्तरीय बनाउन आवश्यक रहेको उनको भनाइ छ । चियाको राजधानी घोषणा गरेको सूर्याेदय नगरपालिकाका प्रमुख रणबहादुर राईले चियाको मूल्य समाधानका लागि नगरपालिकाले न्यूनतम मूल्य तोकेरै अघि बढाए पनि केही व्यक्तिले त्यसलाई नकारात्मक प्रयोग गरेको बताए । नगरपालिकाले प्रतिकिलो न्यूनतम मूल्य ४० रुपैयाँ तोकेको छ । इलाममा तीन हजार ३९३ हेक्टर क्षेत्रफलमा चियाखेती हुँदै आएको छ । झापामा सात हजार १९५ हेक्टरमा चियाको खेती हुने सर्वेक्षणले देखाएको छ । इलामसहित विभिन्न पहाडी जिल्लामा वार्र्षिक ५५ लाख किलो अर्थाेडक्स चिया उत्पादन हुने गरेको तथ्यांक छ । रासस

बगानमै पुगेर चियाको तालिम

चिया उत्पादन गर्ने किसानसम्म पुगेर मात्र गुणस्तर सुधार हुने भन्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्ड अहिले बगानसम्म पुगेको छ । चियाको बोटदेखि उपभोक्ताको ओठसम्मका प्रक्रिया सुधार्दै चियालाई अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्‍याउनुपर्ने औंल्याउँदै बोर्डले किसानसम्मै पुगेर अभियान थालेको हो ।