काठमाडौँ उपत्यकामा बढ्दै गएको जनघनत्वसँगै सवारी साधनको सङ्ख्या पनि बढिरहेको छ । अव्यवस्थित सहर अनि जथाभाबी पार्किङले सहरको सौन्दर्य पनि नासिँदै जान थालेको छ ।सहर भित्रका सडक, फुटपाथ, खुला स्थान जताततै पार्किङ गरेको देखिन्छ । यसले सार्वजनिक स्थान र सेवाको उपभोग गर्न पाउने नागरिकको अधिकार समेत कुण्ठित हुन थालेको छ । सवारी चापले बढिरहेको ट्राफिक जाम अनि अपर्याप्त पार्किङको सास्ती महानगरवासीले दैनिक भोगिरहेका छन् । यिनै समस्याका बीच न्युज एजेन्सी नेपालका फोटो पत्रकारले काठमाडौँ र ललितपुर क्षेत्