बागलुङ : साघुँरो बजार। अस्तव्यस्त सवारी साधन। बागलुङका ट्राफिक प्रहरीको टाउको दुखाइको विषय बनिरहेको छ। बजारको आवारोडमा रहेको नेपाल टेलिकममा पर्याप्त खाली जग्गा छ। पार्किङस्थल पर्याप्त भए पनि कार्यालय समयमा ढोका खुल्दैन। कार्यालयका कर्मचारी र छिमेकका सवारीधनीलाई मात्रै पार्किङ सेवा दिँदै आएको टेलिकम कार्यालयले सेवाग्राहीलाई भने पार्किङ सुविधा दिँदैन। नेपाल टेलिकममा गएका सेवाग्राहीले बाहिर सडकमै मोटरसाइकल तथा कार पार्किङ गरेर सेवा लिँदा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ। नेप