सुर्खेतको वीरेन्द्रनगर अति व्यस्त शहर बनेको छ । सङ्घीयता कार्यान्वयनसँगै प्रदेश राजधानीको केन्द्र बनेको वीरेन्द्रनगरका सडकमा दोहोरो सवारी साधनको ताँती लाग्छ । राजधानी बनेसँगै वीरेन्द्रनगर व्यवस्थित ढल निकास, फोहोर मैला र पार्किङको व्यवस्था नहुँदा अस्तव्यस्त बनेको छ । वीरेन्द्रनगरका व्यस्त बजारका सडक छेउछाउमा अव्यवस्थितरूपमा पार्किङ गरिएका सवारी साधनका कारण धेरैले दुःख पाएका छन् । पार्किङ […]