काठमाडौंको बालाजुमा बसको ठक्करबाट २ पैदल यात्रुको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित गंगा हल अगाडि बिहीवार बसको ठक्करबाट नुवाकोटका १८ वर्षीय विकास तामाङ र बालाजु सुकुम्बासी बस्तीकी ५० वर्षीया दुर्गामाया थापाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते तामाङ र थापाको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
तामाङ र थापालाई ठक्कर दिने बसका चालक फरार छन् । उनको खोजी ...