काठमाडौं। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिनकेनले प्रधानमन्त्री शेरबहादुर देउवासँग फोन वार्ता गरेका छन्। ब्लिनकेनको सचिवालयले ट्विटरमार्फत देउवासँग कुराकानी भएको जानकारी दिएको हो। उक्त कुराकानीमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, कोरोना विरुद्धको लडाइँमा सहकार्य गर्ने र वातावरणीय परिवर्तनको विषयमा छलफल भएको जनाइएको छ।