विप्लव निकट विधार्थी संगठनको नाम परिवर्तन, अब ‘अखिल (समाजवादी)’ भनिने

काठमाडौं- नेत्रविक्रम चन्द्र ‘विप्लव’ निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को नाम परिवर्तन भएकाे छ। काठमाडौंमा जारी नेपाल कम्युनिष्ट पार्टीकाे २३ औं राष्ट्रिय सम्मेलनवाट संगठनको नाम परिवर्तन गरिएको हाे। अब संगठनको नाम अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) र छोटकरीमा अखिल (समाजवादी) रहने जानकारी गराइएकाे छ। अखिल (क्रान्तिकारी) नाममा धेरै विद्यार्थी संगठन रहेको र अबको विद्यार्थी आन्दोलनको […]

सम्बन्धित सामग्री

प्रदेशको नाम कोशी लेख्न समाजवादी मोर्चालाई सकस

२५ भदौ, विराटनगर । सोमबार विराटनगरमा प्रदेश स्तरीय सभा आयोजना गर्दा समाजवादी मोर्चाले ब्यानरमा प्रदेशको नाम लेख्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मोर्चामा आवद्ध दलका शीर्ष नेताले सम्बोधन गरेको उक्त सभाको ब्यानरमा ‘प्रदेश स्तरीय सन्देश सभा’ मात्र लेखियो । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी […]

कोशी नाम राख्ने निर्णय सच्याउन पर्छ : विप्लव

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रदेश १ को नाम कोशी राख्ने निर्णय तत्काल सच्याउन माग गरेका छन्। जनताको चित्त बुझाउने गरी किरात, राई, लिम्बु सबैलाई मिलाएर सो प्रदेशको नामाकरण गर्नुपर्ने उनको जिकिर थियो। श्रमिक समुदाय मोर्चा नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा महासचिव विप्लवले भूगोल वा जाति विशेषको आधारमा नभई स्थानीय जनता आफैँ समाहित हुने गरी प्रदेशहरुको नाम राख्न उपयुक्त हुने तर्कसमेत गरे।उनले जनतालाई पीड

विप्लवको नाम अब ‘विप्लव सी’

२ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ले अब आफ्नो नाममा थपघट गर्ने भएका छन् । उनी मात्रै होइन, उनी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध सबैले आफ्नो नामका पछाडि अनिवार्य रुपमा ‘सी’ लेख्नुपर्ने छ । जसलाई विप्लवले ‘कम्युनिष्ट साम्यवादी’ नयाँ जाति निर्माण गरेको रुपमा अथ्र्याएका छन् । कपिलवस्तुको शिवगढीमा २५ असोजदेखि जारि उनको पार्टीको नवौं महाविधेशनलाई […]

इलाममा विप्लव नेतृत्वको नेकपाले घोषणा गर्‍यो उम्मेदवार

८ वैशाख, इलाम । स्थानीय तहको निर्वाचनका लागि इलाममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । पार्टीको १४ औं जिल्ला कमिटि बैठक पछि उम्मेदवारको नाम सार्वजनिक गरेको हो । नेकपा विप्लवले इलाम नगरपालिकाको प्रमुखमा फडिन्द्र न्यौपाने र उपप्रमुखमा नारदमणि साम्पाङ, सन्दकपुर गाउँपालिका अध्यक्षमा खड्ग राई, चुलाचुलीको अध्यक्षमा गणेशबहादुर पौड्याल, माई नगरपालिकाको […]

इलाममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चुनावमा लड्ने

इलाम । नेत्र विक्रम चन्द्र (विप्लव)नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी इलाममा स्थानीय तहको चुनावमा भाग लिने भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने पार्टीले उम्मेदवारको नाम सार्वजनिक गरेको छ । पार्टीको १४औं जिल्ला कमिटी बैठक पछि उम्मेदवारको नाम सार्वजनिक गरिएको हो । नेपाल कम्युनिस्ट पार्टीले इलाम नगरपालिकाको नगर प्रमुखमा फडिन्द्र […]

प्रचण्ड र बाबुरामको नामै लिएर खनिए विप्लव (भिडिओसहित)

काठमाडौं, २० फागुन । नेकपाका महाचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिले देश परिवर्तन गर्छु भनेर आएका नेताहरु साम्राज्यवादसँग घुँडा टेकेर साँठगाँठ गरेको आरोप लगाएका छन् । उनले प्रचण्ड, बाबुराम भट्टराई लगायतको नाम लिएर परिवर्तनको लागि ती नेताले जनतालाई धोका दिएको आरोप लगाए । एमसीसी विरोधी सभालाई आज सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् । […]

विप्लव नेतृत्वको नेकपा फुट्यो, जन-समाजवादी मञ्च गठन (विज्ञप्तिसहित)

काठमाडौं, १८ वैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । नेकपाका पूर्व पोलिटब्यूरो सदस्य कृष्णप्रसाद धमला गम्भीरले विद्रोह गरी नयाँ पार्टी गठन गरेका हुन् । मई दिवस पारेर एक विज्ञप्ति जारी गर्दै धमलाले नयाँ पार्टी गठन गरेको घोषणा गरेका छन् । पार्टीको नाम जन-समाजवादी मञ्च, नेपाल राखिएको छ । पार्टीमा ५१ […]

पार्टीप्रति आकर्षण नदेखिएपछि नाम फेर्ने तयारीमा माओवादी केन्द्र

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी) केन्द्रले पार्टीको नाम फेर्ने तयारी गरेको छ । बुधबार बसेको स्थायी समिति बैठकमा नाम फेर्नेबारे छलफल भएको र अधिकांश नेताहरु सकारात्मक देखिएको एक नेताले बताए । स्थायी समितिमा सहमति भैसकेकाले चैत १ गते बस्ने केन्द्रीय समितिको बैठकमा औपचारिक रुपमै नाम परिवर्तनको प्रस्ताव लैजाने ती नेताले जानकारी दिए । ‘नेपाली कम्युनिस्ट पार्टी, एकीकृत नेपाल कम्युनिस्ट पार्टी वा अरु केही राख्नेबारे छलफल भइरहेको उनले बताए । अदालतले एमाले र माओवादी केन्द्रलाई विभाजनअघिकै अवस्थामा पुर्‍याएपछि पुरानो नाममा नयाँ मानिसहरुको आकर्षण नहुने ठानेर नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव औपचारिक रुपमा केन्द्रीय समितिमा लैजान लागिएको हो । अन्य पार्टीबाट आउनेहरु माओवादी बन्न हिच्किचाउने भएकाले तिनलाई सहज प्रवेश गराउन नाम परिवर्तन गर्न लागिएको माओवादी स्रोत बताउँछ । एमाले, जनता समाजवादी पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा लगायतका दलबाट समेत नेताहरुलाई आउन सहज हुनेगरी नाम परिवर्तन गर्नुपर्ने जोड केही नेताहरूको छ । नाम परिवर्तनपछि केपी ओलीलाई मन नपराउने एमालेभित्रको तप्का पनि आफूतिर आकर्षित हुने नेताहरुको बुझाई छ । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र र एमाले ब्यँुताइदिएपछि मन नलाग्दा नलाग्दै पनि माधव नेपाल समूह एमालेमै फर्किनुमा पदको सुरक्षासँगै माओवादी केन्द्रको नाम पनि रहेको उनीहरु बताउँछन् । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र अनेकौँ टुटफुटको शृंखलापछि अहिलेको अवस्थामा आइपुगेको हो। २०५२ सालदेखि सशस्त्र जनयुद्ध गरेको सो पार्टी ०६२र०६३ को जनआन्दोलमार्फत शान्ति प्रक्रियामा आएको हो। २०६५ सालमा एकता केन्द्र मसालसँग पार्टी एकतापछि एमाओवादी बन्यो। मातृका यादवले पार्टी छाडेर नेकपा माओवादी बनाए। २०६९ सालमा एमाओवादीमा ठूलो विभाजन भयो। मोहन वैद्य, रामबहादुर थापा, विप्लव लगायत नेताले पार्टी विभाजन गरी नेकपा–माओवादी गठन गरे। वैद्यको पार्टीलाई पनि २०७१ मंसिरमा नेत्रविक्रम चन्दले फेरि विभाजन गराए।२०७२ साल असोज ३ गते संविधान जारी भएपछि १० गते डा. बाबुराम भट्टराईले एमाओवादी छोडेका थिए। २०७३ मा रामबहादुर थापा, मणि थापा, मातृका यादव पुनः फर्केर आएपछि नेकपा माओवादी केन्द्र बनाइएको हो । २०७४ असोजमा चुनावी गठबन्धन गरेका एमाले र माओवादी केन्द्रले ...

वैद्य र विप्लव नेकपासहित चार दलद्वारा संयुक्त मोर्चा घोषणा

काठमाडौं । मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लवसहित चार दलले संयुक्त मोर्चा गठन गरेका छन् । वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीबीच विहीबार रणनीतिक मोर्चा घोषणा गरेका हुन् । मोर्चाले संसदीय व्यवस्थाको अन्त्य गरी जनगणतन्त्र स्थापना गर्नुपर्ने लक्ष्य राखेको छ। तत्कालका देश एवम् जनताका समस्या समाधान गर्न राष्ट्रियता, जनतन्त्र र जनजिविकाका मुद्दाहरूरमा निरन्तर जनपरिचालन र संघर्ष गर्ने मोर्चाले जनाएको छ। रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समिति पनि गठन गरिएको छ । समितिमा सिपी गजुरेल, ऋषिराम कट्टेल, जागृत रायमाझी, धनकुमारी सुनार लगायत १२ जनाको नाम सार्वजनिक गरिएको छ । मोर्चाले पहिलो चरणको संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेको छ । फागुन ६ गते बुटवल, १४ मा धनगढी र १८ मा इटहरीमा जनसभा गर्ने पहिलो चरणका कार्यक्रमपछि दोस्रो चरणका संघर्षका कार्यक्रम मोर्चाले विज्ञप्तिमार्फत् जनाएको छ। मोर्चा घोषणा सभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रतिनिधि सभाको बिघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताउनुभएको छ । सरकारले समाजवाद र समृद्धिको कुरा गरिरहेको भएपनि साम्राज्यवादी नवउदारवादको सिरानी हालेको उहाँको भनाई छ । उहाँले नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाईदा लिन वैदेशिक प्रतिक्रियावादी शक्तिहरु लागेको बताउनुभयो ।