प्रदेशको नाम कोशी लेख्न समाजवादी मोर्चालाई सकस

२५ भदौ, विराटनगर । सोमबार विराटनगरमा प्रदेश स्तरीय सभा आयोजना गर्दा समाजवादी मोर्चाले ब्यानरमा प्रदेशको नाम लेख्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मोर्चामा आवद्ध दलका शीर्ष नेताले सम्बोधन गरेको उक्त सभाको ब्यानरमा ‘प्रदेश स्तरीय सन्देश सभा’ मात्र लेखियो । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी […]

सम्बन्धित सामग्री

पहाडी क्षेत्रमा ‘कोशी प्रदेश’ नाम कार्यान्वयनमा चुनौती

विराटनगर : फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाए पनि कार्यान्वयन हुन भने सकस देखिएको छ।पूर्वी पहाडी जिल्लाका अधिकांश सरकारी कार्यालयले कार्यालयको बोर्ड, छाप र लेटरप्याडमा प्रदेशको नाम उल्लेख गरेका छैनन्।कतिपय कार्यालयले प्रदेशको नाम अंकित बोर्ड राख्न सकेका छैनन् भने सार्वजनिक कार्यक्रमका ब्यानर समेतमा ’कोशी’ उल्लेख गरिएको पाइँदैन। पूर्वी नेपालमा १० महिनादेखि प्रदेश पुनः नामकरणको माग गर्दै संघर्ष भइरहेको छ।पहिचानका आधारमा प्रदेशको पुनः नामकरण हुनुपर्ने माग गर्दै आएका संघसंस्थ

कुर्सीको लडाइँ संघीयता मन नपराउनेलाई मसला भयो : कृष्ण पोखरेल

विराटनगर : पछिल्लो समय सरकार बचाउने र पछार्ने खेलले कोशी प्रदेश सरकारको भविष्य अन्योलमा परेको छ। नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले दुई-दुई पटक असंवैधानिक कदम चालेको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा दायर गरेको रिटमाथिको बहस सकिएर फैसला पनि आइसक्यो। यसअघि पनि सभामुखको हस्ताक्षरसहित मुख्यमन्त्रीमा नियुक्त भएका थापा नेतृत्वको सरकारलाई दोश्रो पटक पनि अदालतले नै गैरसंवैधानिक ठहर गर्‍यो। संसदीय अंक गणितले सरकार गठनमा सकस परेको कोशी प्रदेशसभाभित्र थप राजनीतिक

कोशी प्रदेश : राजनीतिक अधिकार नपाउँदा सरकार गठनमै सकस

संघीयता विकेन्द्रीकरणको एउटा रूप हो । केन्द्रले सधैं होच्याउने, उसकै मुख ताकिरहनुपर्ने, आवाजै नसुन्ने, बजेट पनि केन्द्रीकृत गर्ने भन्दै अनेक कारण र बहाना देखाएर संघीयता लागू गरियो । तर, राजनीतिक दलहरूको मानसिकता तत्कालीन राजशाहीजस्तो देखियो । एक/दुई लाख रुपैयाँका बजेट पनि केन्द्रबाटै विनियोजन गर्नुपर्ने, प्रदेशलाई संघीय सरक...

‘तीनै तहका सरकारबीच समन्वय नहुँदा मानव बेचबिखन रोक्न सकस’

विराटनगर : तीनै तहका सरकारबीच समन्वय नहुँदा मानव बेचबिखन रोक्न सकस भएको सरोकारवालाहरुको बुझाई छ।विराटनगरमा आइतबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध प्रदेशस्तरीय अभियान तथा मानव बेचबिखन राष्ट्रिय निति र कार्ययोजनाको मस्यौदाउपर छलफल तथा परामर्श गोष्ठी कार्यक्रममा आ–आफ्नो  संस्थाको प्रस्तुती राख्दै उनीहरुले यस्तो बताएका हुन्।कार्यक्रममा नेपाल प्रहरी, सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका संस्थाका प्रतिनिधि‚ कोशी प्रदेश सामाजिक व

हारेर पनि सबैको मन जित्न सफल दिदिबहिनी

विराटनगर : मन्द हावा, रापिलो घाम विराट–बर्जु हाफ म्याराथनमा सहभागी खेलाडीलाई विराटनगरको मौसमले खुब साथ दिएको थियो।आज (शनिवार) कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित हाफ म्याराथन प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना साथै सर्वसाधारणले सहभागिता जनाएका थिए।सधैं जस्तो हुँदो हो त बिहानदेखि लाग्ने घाम र सडकको तातो रापले दौडिनु त कुरै छोडौँ सवारीमा हिँड्न समेत सकस हुन्थ्यो। केही दिनदेखि बिहानको शीतल वातावरणले पनि होला खेलाडीहरूलाई मौसमले झनै हौसला बढाइरह

प्रदेश १ नामकरणमा लुकामारी : ‘कोशी’ बाहेकमा सहमतिको सम्भावना

२०७८ साल फागुन १० गतेदेखि औपचारिक छलफल सुरु भएको प्रदेश १ को नामकरणको विषय यही संसद्ले टुङ्गो लगाउन सकस देखिएको छ । नामकरणकै विषयमा दोस्रो पटक सर्वदलीय बैठक गत असार २४ गते बसेको थियो । त्यसपछि दलहरूमा ‘सन्नाटा’ छाएको छ ।प्रदेशको नामकरणको विषयमा एमाले र काँग्रेसले कोशी वा सप्तकोशी भन्दै आ–आफ्ना कुरा राख्दै आएका छन् । एमालेले सर्वदलीय बैठकमा कोशी नामकरण गर्नुपर्ने प्रस्ताव गरेको भए पनि काँग्रेसले औपचारिक रूपमा कुनै निर्णय नगरेको जनाएको छ । यद्यपि काँग्रेस संसदीय दलका प्रमुख सचेतक

प्रहरीलाई झस्काउँदै शंकास्पद वस्तु, निर्वाचनमा छैन ठूलो ‘सुरक्षा चुनौती’

मोरङको बुढीगंगास्थित कोशी राजमार्गको किनारमा बिहीबार ‘शंकास्पद वस्तु कुकर बम’ जस्तै फेला पर्यो । उक्त शंकास्पद वस्तु ‘बम’ हो कि होइन भन्ने विषयमा पहिचान गर्न प्रहरीलाई सकस भयो ।  प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरुणकुमार बिसीले उक्त शंकास्पद वस्तु बम नभएको पुष्टि भएको जानकारी दिए ।सुरुमा निर्वाचन लक्षित कुनै भूमिगत समूहले गतिविधि गर्न लागेको हो कि भन्ने प्रहरीलाई शंका थियो । ‘पहिले बमै पो हो कि भन्ने लागेको थियो, हामीले आवश्यक सुरक्षा सतर्कता

बीमा रकम निकासा नहुँदा सकसमा कोशी अस्पताल‚ बोर्ड भन्छ : अस्पतालले दाबी गरेको छैन

विराटनगर : स्वास्थ्य बीमा बोर्डले कोशी अस्पतालले उपचार गरेको बीमा बापतको रकम ९ महिनादेखि निकास नगर्दा सेवा प्रवाहमा समस्या भएको छ।१७ करोडभन्दा बढी रकम सरकारले भुक्तानी नगर्दा सेवा प्रवाहमा सकस भएको अस्पतालले जनाएको छ।स्वास्थ्य बीमामार्फत उपचार गरेको विरामीको चालु आर्थिक वर्षको असार मसान्तदेखि माघ २३ गतेसम्म १७ करोड रुपैयाँ बोर्डबाट पाउन बाँकी रहेको अस्पतालका लेखा प्रमुख राजेन्द्र सुवेदीले जानकारी दिए।उनका अनुसार असार मसान्तसम्म ४ करोड ३० लाख ९५ हजार ९११ रुपैयाँ स्वास्थ्य बीमाबापतको कोशीमा उ