श्रीलङ्काको मौज्दात ५० करोड अमेरिकी डलरभन्दा कम

श्रीलङ्कामा प्रतिकूल आर्थिक सङ्कटको कारण हाल वैदेशिक मुद्रा सञ्चिति पाँच करोड अमेरिकी डलरभन्दा कम बनेको भन्दै बुधबार यहाँका वित्त मन्त्री अलि सावरीले चिन्ता व्यक्त गरेका छन् । श्रीलङ्काको संसदलाई सम्बोधन गर्दै सावरीले आर्थिक संकट नरोकेको खण्डमा त्यसले देशलाई गम्भीर खतरा निम्त्याउन सक्ने उल्लेख गरेको कोलम्बो पेज नामक समाचार संस्थाले जनाएको छ । अर्थमन्त्रीका अनुसार करको दर घटाउने निर्णय गम्भीर गल्ती भएको बताएको बताइएको छ । श्रीलङ्काले चाँडै अन्तर्राष्ट्रिय मुद्रा कोषसँग भेटेर श्रीलङ्काको मुद्

सम्बन्धित सामग्री

गत वर्षभन्दा ४ अर्ब १९ करोड कम

बाँकेमा चालु आर्थिक वर्षको वैशाखसम्म कुल २० अर्ब १६ करोड ६८ लाख ८९ हजार ५३५ रुपैयाँ राजस्व असुली भएको छ । जिल्लास्थित सरकारी भन्सार, आन्तरिक राजस्व, यातायात कार्यालयलगायतले उक्त राजस्व असुली गरेका हुन् । कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म संघीय सरकारअन्तगर्तका कार्यालले १९ अर्ब ५० करोड राजस्व असुली गर्दा […]

नागरिकलाई इन्धन कम प्रयोग गर्न श्रीलंका प्रधानमन्त्रीको आग्रह

काठमाडौं : श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आगामी तीन साता थप कठिन हुने भन्दै नागरिकलाई इन्धन र ग्यास कम प्रयोग गर्न आग्रह गरेका छन्।संसद्मा बोल्दै प्रधानमन्त्रीले आफ्नो सरकारको मुख्य प्राथमिकता आर्थिक स्थायित्व रहेको बताउँदै कडा परिश्रम र लगनशीलताका माध्यमबाट बौद्धिक सोचका आयोजना कार्यान्वयन गरेर मात्रै यो लक्ष्य हाँसिल गर्न सकिने बताएका छन्।श्रीलंकाले इन्धनमा मासिक ५० करोड अमेरिकी डलर खर्च गर्ने र ग्यास आयात गर्न मासिक ४ करोड अमेरिकी डलर आवश्यक पर्ने उनले बताए। ‘आउँदो तीन हप

श्रीलङ्काको मौज्दात ५० करोड अमेरिकी डलरभन्दा कम

कोलम्बो । श्रीलङ्कामा प्रतिकूल आर्थिक सङ्कटको कारण हाल वैदेशिक मुद्रा सञ्चिति पाँच करोड अमेरिकी डलरभन्दा कम बनेको भन्दै बुधबार यहाँका वित्तमन्त्री अलि सावरीले चिन्ता व्यक्त गरेका छन् । श्रीलङ्काको संसदलाई सम्बोधन गर्दै सावरीले आर्थिक सङ्कट नरोकेको खण्डमा त्यसले देशलाई गम्भीर खतरा निम्त्याउन सक्ने उल्लेख गरेको कोलम्बो पेज नामक समाचार संस्थाले जनाएको छ । अर्थमन्त्रीका अनुसार […]

श्रीलङ्काको मौज्दात ५० करोड अमेरिकी डलरभन्दा कम

श्रीलङ्कामा प्रतिकूल आर्थिक सङ्कटको कारण हाल वैदेशिक मुद्रा सञ्चिति पाँच करोड अमेरिकी डलरभन्दा कम बनेको भन्दै बुधबार यहाँका वित्तमन्त्री अलि सावरीले चिन्ता व्यक्त गर्नुभएको छ । श्रीलङ्काको संसदलाई सम्बोधन गर्दै सावरीले आर्थिक संकट नरोकेको खण्डमा त्यसले देशलाई गम्भीर खतरा निम्त्याउन सक्ने उल्लेख गरेको कोलम्बो पेज नामक समाचार संस्थाले जनाएको छ । अर्थमन्त्रीका अनुसार करको दर […]

भारतीय बजेट- २०२२ : नेपाललाई ७ अर्ब ५० करोड भारतीय रुपया अनुदान

माघ १८ , नयाँदिल्ली । भारतले वित्त वर्ष २०२२/ २३ मा नेपाललाई ७ अर्ब ५० करोड भारतीय रुपया(भारु) विदेश मन्त्रालयअन्तर्गत अनुदान दिने घोषणा गरेको छ ।  यो घोषणा लोकसभामा वित्त मन्त्री निर्मला सितारमणले गरेकी हुन् । यद्यपि यो रकम अघिल्लो वर्षको बजेटमा छुट्याइएको रकमभन्दा कम  हो । गत वर्षको बजेटमा नेपालका लागि ९ अर्ब ९२ करोड भारतीय रुपया विनियोजन गरिएको थियो । उक्त वर्ष यो रकम संशोधन गरी भारतले नेपालका लागि ६ अर्ब ५० करोड भारुमा झारेको थियो । तर पनि भारतले वित्त वर्ष २०२०/ २१ मा  ८ अर्ब ७९ करोड भारु नेपाललाई अनुदान दिएको थियो ।  भारतले विभिन्न मुलुकहरुलाई दिने अनुदान रकम अन्तर्गत नेपाललाई पनि अनुदान छुट्याएको हो । भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई छुट्याएको छ । जसअनुसार भुटानले २२ अर्ब ६६ करोड भारु पाउने छ । भारतले बंगलादेशलाई ३ अर्ब, अफगानिस्तानलाई २ अर्ब, श्रीलंका २ अर्ब, माल्दिभ्सलाई ३ अर्ब ६० करोड, मंगोलियालाई १२ करोड र अफ्रिकी मुलुकहरुलाई २ अर्ब ५० करोड भारु अनुदान दिनेछ । भारतीय वित्त मन्त्रीले १०६ खर्ब ८० अर्ब भारुको बजेट लोकसभामा प्रस्तुत गरेकी थिइन् ।एजेन्सीहरु

कम आय भएका मुलुकलाई अमेरिकाले थप ५० करोड डोज कोरोना खोप दिने

७ असोज, काठमाडौं । अमेरिकाले कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरिरहेको फाइजरको ५० करोड डोज खोप अनुदानमा कमजोर आय भएका मुलुकलाई दिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले बुधबार विश्वका एक सय मुलुकलाई उक्त खोप अनुदानमा दिन लागिएको बताएका छन् । बाइडनले यसअघि विश्वभरका नेताहरुलाई समग्र विश्वका मानिसमा कोरोना खोप पुर्‍याउन आग्रह गरेका थिए […]

अमेरिकाले थप ५० करोड डोज फाइजर खोप गरिव देशलाई अनुदान दिने

अमेरिकाले विश्वभरका कम आय भएका देशहरूलाई थप ५० करोड अर्थात् ५ सय मिलियन डोज कोरोनाबिरुद्धको फाइजर खोप अनुदान दिने भएको छ । फाइजरले अमेरिकी सरकारलाई ५० करोड डोज भ्याक्सिन उपलब्ध गराउने छ भने अमेरिकाले गरिव देशहरुलाई सहायता स्वरुप उपलब्ध गराउने भएको छ । बुधबार कम्पनी र अमेरिकी सरकारबीच  थप डोजबारे सहमति भएको हो । जस […]

अमेरिकाले एक सय वटा देशलाई कोरोनाविरुद्धको ५० करोड डोज खोप दिने

काठमाण्डाै - अमेरिकाले एक सय वटा देशलाई कोरोनाविरुद्धको ५० करोड डोज खोप सहयोग गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो दुई वर्षभित्र संसारभरका कम आय भएका एक सय वटा देशलाई ५० करोड डोज खोप उपलब्ध हुने बताएको बीबीसीले जनाएको छ । अमेरिकाले यो वर्ष २० करोड र सन् २०२२ को पहिलो ६ महिनामा ३० करोड डोज खोप वितरण गर्ने योजना बनाएको पनि बाइडेनको भनाइ उदृत गर्दै खबरमा उल्लेख छ । खोप पाउने देशमध्ये ९२ वटा निम्न आय भएका र बाँकी ८ वटा अफ्रिकन युनियनका सदस्य रहनेछन् । अमेरिकी राष्ट्रपति बाइडेनले बेलायतको भ्र...

झापाका नगरपालिकाहरुमध्ये मेचीनगरलाई सबैभन्दा बढी बजेट, सबैभन्दा कम शिवसताक्षीलाई

झापा। झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि संघीय बजेट बिनियोजन गरेको छ। जसमध्ये मेचीनगरलाई ७६ करोड ५२ लाख, अर्जुनधारालाई ४७ करोड७१ लाख, कन्काईलाई ५८ करोड १८ लाख, गौरादहलाई ४८ करोड ५१ लाख, दमकलाई ७० करोड १७ लाख, बिर्तामोडलाई ७० करोड १७ लाख, भद्रपुरलाई ५० करोड छ लाख र शिवसताक्षीलाई ५७ करोड ९७ लाख विनियोजन भएको छ।

यातायात व्यवस्था कार्यालय भरतपुरको ९ महीनाको आम्दानी ५० करोड ६० लाख

वैशाख ७, चितवन । चालू आर्थिक वर्ष ०७७/७८ को ९ महीनामा यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले ५० करोड ६० लाखभन्दा बढी आम्दानी गरेको छ ।  कार्यालयका अनुसार साउनदेखि चैत्रसम्मको अवधिमा  कार्यालयले कुल ५० करोड ६० लाख ६६ हजार १०२ रुपैयाँ आम्दानी गरेको हो । कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड जरिवाना, सवारीसाधन कर, सवारी दस्तुर शीर्षकबाट राजस्व संकलन गर्दै आएको छ ।  जसअनुसार चालू आवको चैत्र महीनामा सबैभन्दा बढी ७ करोड ५० लाख १४ हजार ६३१ रुपैयाँ राजस्व संकलन गरेको छ भने भदौ महीनामा सबैभन्दा कम २ करोड २४ लाख ४ हजार राजस्व संकलन गरेको थियो । कार्यालयका प्रमुख सुवास उप्रेतीले कोरोनाको प्रभाव कम हुँदै जादा र यातायात पूर्णरुपमा सुचारु भएसँगै हालसम्म राजस्व संकलन अनुपात सन्तोषजनक रहेको बताए । ‘भदौ महीनामा तीन हप्ता पूर्ण लकडाउन भएर राजस्व संकलन कम देखिएको हो, उनले भने, चैत्र महीनामा सवारीसाधन कर तिर्ने अन्तिम म्याद भएकोले अन्य महीनाको भन्दा बढी राजस्व उठ्ने गर्छ ।’   यस्तै कार्यालयले साउन महीनामा ६ करोड १७ लाख २४ हजार ७१६ रुपैयाँ, असोज महीनामा ७ करोड १३ लाख ३९ हजार ४९२ रुपैयाँ, कात्तिक महीनामा ५ करोड ९८ लाख ३३ हजार ५९३ रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिएको छ ।  यस्तै मंसीर महीनामा ६ करोड ३१ लाख २० हजार ८९० रुपैयाँ, पुस महीनामा ६ करोड २२ लाख ४ हजार ६६८ रुपैयाँ, माघ महीनामा ४ करोड ८५ लाख ५१ हजार १७२ रुपैयाँ, फागुन महीनामा ४ करोड १८ लाख ७२ हजार ८६३ र चैत्र महीनामा ७ करोड ५० लाख १४ हजार ६३१ रुपैयाँ संकलन गरेको छ ।  भौतिक पूर्वाधार विकास मन्त्रालय, वाग्मती प्रदेशले कार्यालयलाई चालू आवका लागि ५० करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । तर कार्यालयले आर्थिक वर्ष सकिनु तीन महीना अघि नै लक्ष्य पूरा गरिसकेको छ ।  उप्रेतीका अनुसार सवारीको संख्या बढ्दै जाँदा करप्रति सवारीधनीको सचेतना र करको दरमा केही वृद्धि भएका कारण विगतका वर्षहरुमा भन्दा बढी कर संकलन गर्न सकिएको हो ।  तर, दोस्रो लहरको कोरोना संक्रमणको कारण वैशाखबाट तुलानात्मक रुपमा कम उठ्ने गरेको उप्रेतीले जानकारी दिए । ‘चैत्रसम्म हेर्दा लक्ष्य पनि पार गरिसकेका छौं ।, उनले भने, ‘यो आर्थिक वर्षको अन्तसम्म ६० करोड संकलन हुने अनुमान छ । तर कारोनाको कारण आगामी महीनामा के कस्तो असर पर्छ भन्न सकिदैन ।’ हाल यस कार्यालयमा वाग्मती प्रदेशमा दर्ता भएका सबै सवारीसाधन र अन्य प्रदेशमा सवारीसाधन दर्ता भएपनि चितवनमा स्थायी बसोबास गरेका सवारी धनीले कर संकलन गर्न पाउनेछन् ।