नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले सरकार आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमतिप्रति इमान्दार नभएको बताएका छन् । उनले सरकारले सहमति कार्यान्वयन नगरेका कारण आफ्नो पार्टीका नेता कार्यकर्ता जेलमै रहेको बताए ।“सरकार इमान्दार भएन भने, नेपालका राजनीतिक जनताका समस्या समाधानतिर अग्रसर भएन भने आँधीबेहरी आउन सक्छ”, उनले अगाडि भने, “वर्तमान व्यवस्थाप्रति जनता सन्तुष्ट छैनन्, सरकार र राजनीतिक पार्टी जनताप्रति जिम्मेवार बन्नु पर्छ ।”बुधबार नेकपा निकट अखिल क्रान्तिकार