काठमाडौं । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता माइला लामा जेलबाट रिहा भएका छन् । संखुवासभा कारागारमा रहेका लामा बिहिबार जेलबाट छुटेका हुन् । अदालतले मागेको २५ हजार धरौटी तिरेर बिहिबार उनी छुटेका हुन् । भारतीय लगानीको विरोध गरेको र अपर तामाकोशी विद्युत् आयोजनामा विष्फोट गरेको मुद्दामा जिल्ला अदालत संखुवासभाले उनलाई २५ हजार धरौटी मागेको थियो । धरौटी नबुझाएर उनि जेलमा बसेका थिए । सरकार र विप्लव नेतृत्वको नेकपाको बीचमा जेलमा रहेका नेता