विप्लवका दाइ जेलबाट छुटे

काठमाडौं। सरकारसँग गत फागुन २१ गते भएको सहमतीअनुसार नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका दाइ चन्द्रबहादुर चन्द रिहा भएका छन्। नेकपा पोलिटब्यूरो सदस्यसमेत रहेका चन्द्रबहादुर जिल्ला कारागार चितवनबाट धरौटीमा रिहा भएका हुन्। उनी बम विस्फोट मुद्दामा कारागार चलान भएका थिए। यसअघि हिजो मात्रै नेकपा केन्द्रीय सदस्य तथा गायक माइला लामा रिहा भएका थिए।

सम्बन्धित सामग्री

विप्लवका दाइ वीरजंग धरौटी बुझाएर छुटे

१७ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाइ चन्द्रबहादुर चन्द वीरजंग थुनामुक्त भएका छन् । जिल्ला कारागार, चितवनमा बसिरहेका जिल्ला अदालत, नवलपरासीमा धरौटी बुझाएर उनी छुटेका हुन् । चन्दलाई जिल्ला अदालत नवलपरासीले २२ भदौ २०७७ मा २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उनी धरौटी नबुझाइ जेलमा बसिरहेका थिए […]