अर्थ मन्त्रालयले कोरोना महामारीका कारण काम नसकिएका ठेक्काको म्याद आगामी चैत मसान्तसम्म थप गरेको छ । कोरोना महामारीको पहिलो र दोस्रो लहर नियन्त्रण गर्न लगाइएको निषेध आदेश र बन्दाबन्दी जारी हुनुपूर्व या सो अवधिभित्र सम्झौता भएका तर महामारीका कारण सम्पन्न हुन नसकेका चालू अवस्थाका खरिद सम्झौताको म्याद थप गर्न अर्थले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई निर्देशन दिएको हो । चालू अवस्थामा रहेका खरिद सम्झौताको म्याद सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवा प्रदायक वा परामर्शदाताको