काठमाडौं र सल्यानमा दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं : काठमाडौको काडाँघारीमा आज बिहानै मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ का अन्दाजी ३२ वर्षीय कमल आले मगर र अन्दाजी २२ वर्षीय गोपाल आले मगर छन्। दुबैको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। उनीहरु सवार बा ५० प ९९३६ नम्बरको मोटरसाइकल बिहान साढे ५ बजे बिजुलीको पोलमा ठोकिएको प्रहरी प्रभाग काँडाघारीले जनाएको छ। यस्तै सल्यानको बागचौर नगरपालिका –६ सिमखोलामा स्काभेटर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ

सम्बन्धित सामग्री

बैतडीमा प्रहरी चढेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ९ जनाको अवस्था चिन्ताजनक

५ मंसिर, बैतडी । बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ९ जनाको अवस्था चिन्ताजनक छ । पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको थियो । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दुर्घटनामा तीन जनाको मृत्यु भएको र नौ जनाको […]

रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

९ कात्तिक, रोल्पा । रोल्पाको सुलिचौरमा बुधबार भएको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । लिवाङ–भालुवाङ सडक खण्ड अन्तर्गत सुनीलस्मृति गाउँपालिका–४ सेवाकेन्द्र भन्ने ठाउँबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जीप सडकबट १०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा दाङ घोराही उपमहानगरपालिका– ६ का ५८ वर्षका विष्णु रिजाल र […]

गोरखा, कैलाली र चितवनमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौँ – गोरखा, कैलाली र चितवनमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। गोरखाको अजिरकोट गाउँपालिका–२ वालाङमा ट्र्याक्टर अनियन्त्रित भई भिरमा खस्दा चालक सिरान्चोक–४ छोप्राकका २७ वर्षीय विक्रम श्रेष्ठको मृत्यु भएको हो। गए राति साढे ११ बजे ग १ त ४५७४ नम्बरको सिमेन्ट लोड भएको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरी चौकी भच्छेकले जनाएको […]

रुकुमपूर्वमा बस दुर्घटना, ३ जनाको मृत्यु

रुकुमपूर्व : रुकुमपूर्वमा बस दुर्घटना हुँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ।जिल्लाको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा बिहीबार दिउँसो साढे २ बजे बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। काठमाडौंबाट रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले थाहाखबरलाई जानकारी दिए।मृत्यु भएकाहरूको भने परिचय खुल्न नसकेको डीएसपी डाँगीले बताए । १७ जना सवार रहेको बस क्या

इलाममा जिप दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु

१२ असार, काठमाडौं । इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँमा जिप दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । पाँचथरको रविबाट झापातर्फ जाँदै गरेको जिप आइतबार दिउँसो १२ बजेतिर मिक्लाजुङ–२ दहगाउँमा सडकबाट २०० मिटर तल खसेको थियो । दुर्घटनामा इलामको मिक्लाजुङ गाउँपालिका–५ का ६५ वर्षका हिमप्रसाद लावती, उनकी श्रीमती ६० वर्षकी पदमकुमारी लावती र उनीहरुका […]

दार्चुलामा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौँ । दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा आज बिहान साढे ९ बजे माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस रोल खोलामा खस्दा ३ जनाको मृत्यु भएको जिल्ला […]

जन्ती बोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडाैं । गोरखामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सोमबार साँझ चितवनबाट जन्ती लिएर आएको जीप फर्कने क्रममा सिरानचोक गाउँपालिकाको आरूबोटेमा दुर्घटनामा परेको हो । साे दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौंका पदम न्यौपाने, गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका देवीप्रसाद पोखरेल र नवलपरासीको कावासोती नगरपालिकाका उत्तरकुमार सिग्देल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय […]

बैतडीमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

बैतडीको पाटन नगरपालिका –३, झालिमालीमा टिपर दुर्घटना हुँदा दुई विद्यार्थी सहित  ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते छ जनालाई उपचारका लागि डडेल्धुराका अस्पताल लगिँदैछ। इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक...

सोलुखुम्बुमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु

सोलुखुम्बुमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सोलुखोला दूधकोशी हाइड्रोपावरमा सामान ओसारपसार गर्ने टिप्पर आइतवार राति दुर्घटनामा परेको हो । घटनामा १ जना घाइते भएका छन् । घाइतेको उद्धार गरेर जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी कवित कटुवालले जानकारी दिए । सोलुदूधकुण्ड नगरपालिका–११ बरडाँडा गिद्धेभीरमा बा४ख ७९८० नम्बरको टिप्पर राति दुर्घटनामा परेर भीरबाट खसेर थियो ।  दुर्घटनामा टिप्पर चालक धादिङको थाक्रे गाउँपालिकाका कमल मगर, मकवानपुरको बागमती गाउँ...