सोलुखुम्बु : स्वास्थ्यकर्मीको लापरवाहीले शनिबार बिहान एक नवजात शिशुको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्। सोलुदुधकुण्ड नगरपालिका–५ व्यारेक टोलकी २५ वर्षीया रेणुमाया विश्वकर्माले जन्म दिएको शिशुको ज्यान गएको छ।समयमै चिकित्सकले ध्यान नदिदा शिशुको मृत्यु भएको रेणुमायाका श्रीमान मनोजले आरोप लगाए। मनोजका अनुसार बेथा लागेपछि रेणुलाई शनिबार बिहान करिब साढे तीन बजेतिर अस्पताल भर्ना गरिएको थियो। ‘चिकित्सकले सुत्केरी हुने समय चैत १६ गते तोकेको भए पनि बिहान बेथा लाग्यो। श्रीमतीलाई निक्कै गाह्र