जनकपुरधाम : जनकपुरधाममा रहेको नैना हस्पिटलको लापरबाहीका कारण एक नवजात शिशुको मृत्यु भएको पीडित परिवारले आरोप लगाएका छन्।सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर –३ त्रिभुवननगर बस्ने रविन्द्र साहकी पत्नी चंचला देवीलाई सुत्केरी व्यथा लागेपछि परिवारले उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याएका थिए।प्रादेशिक अस्पतालमा कार्यरत डा. अभय मण्डलले अपरेशन गरी पेटबाट बच्चा निकालेका थिए। शिशु जन्मिएपछि गम्भीर अवस्थामा रहेको र उसलाई एनआइसियूमा राखेर उपचार गर्नुपर्ने भन्दै प्रादे