प्रसूतिगृहमा समयमा अपरेशन नहुँदा शिशुको मृत्यु भएकाे आरोप, छानबिन समिति गठन

काठमाडौं : थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा एक नवजात शिशुको मृत्यु भएपछि पाँच सदस्यीय छानबिन समिति गठन भएको छ। पीडित पक्षले शिशुको मृत्युबारे सत्यतथ्य छानबिन गर्न बुधबार माग गरेपछि अस्पतालका निर्देशक प्राडा अमिरबाबु श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको हो।भक्तपुरमा बस्दै आएकी २८ वर्षीय सुस्मिता कार्कीले साेही अस्पतालमा नियमित गर्भ परीक्षण गराइरहेकी थिइन्। अस्पतालका नर्सले बच्चाको मुटुको धड्कन कम भएको भनी सुझाव दिएअनुसार उनी २९ गते अस्पतालमा भर्ना भएकी थिइन्। ३० गते