काठमाण्डाै - बर्दिया र कैलालीमा बेलुकासम्म नै डुबानको जोखिम बढेको छ । कर्णाली नदीमा बाढीले खतराको तह पार गरेकाले डुबानको जोखिम बढेको छ । कर्णालीमा चिसापानी केन्द्रमा जलसतह १२ दशमलव २ मिटर पुगेको छ ।
बर्दिया र कैलालीको तटीय क्षेत्र र डुबान भइरहने हाेचा क्षेत्रमा बसोबास गर्नेहरुलाई बेलुकासम्म नै अग्लो ठाउँमा रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । कर्णाली नदीमा १० मिटर पानीको सतह पुग्नुलाई सतर्कता र १० दशमलव ८ मिटरलाई खतरा तह मानिन्छ ।
कर्णाली नदीमा पानीको सतहले यी दुवै तहपार गरेकाले जोख...