बर्दिया – अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका झन्डै आठ सय घर डुबानमा परेका छन् । गएकाे सोमवार बेलुकादेखि पसेको कर्णाली नदीको बाढीका कारण कर्णाली आसपासका केही गाउँ डुबानमा परेका हुन् ।
स्थानीयवासीका अनुसार डुबानमा परेर धेरैजसो धरको क्षति दौलतपुर गाविसमा भएको छ । अहिले पालिका र जिल्ला प्रहरी कार्यालयको सहयोगमा उद्धारको काम भइरहेको स्थानीयवासीले बताए । कर्णालीको पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको छ । स्थानीय टीकाराम जोशीले बाढीका कारण घर डुबानमा पर्दा परिवार कहाँ छन् भन्...