सरकारको बेवास्ताका कारण संघीय संसदका दुवै सदन बिजनेसविहीन भएका छन् । २४ वटा विधेयक विचाराधीन अवस्थामा रहेको संघीय संसदमा तत्काल एउटा विधेयक मात्रै पारित हुने अवस्थामा छ ।
काठमाडौँ। नेकपा एमालेले आज आइतबार पनि संघीय संसदका दुवै सदन अवरुद्ध गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर गत बुधवारबाट संसद् अवरोध गरेको एमालेले आज पनि प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गर्ने भएका हुन्। प्रधानमन्त्री प्रचण्डले गत सोमबार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन बारम्बार दिल्ली गएको अभिव्यक्ति दिएसँगै चौतर्फी आलोचना भइरहेको बेला […]
काठमाडौँ – नेकपा एमालेले आइतबार पनि संघीय संसदका दुवै सदन अवरुद्ध गर्ने भएको छ। एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर गत बुधवारबाट संसद् अवरोध र राजीनामा माग्दै आएको छ। यसैक्रममा एमालेले आज पनि दुवै सदन अवरुद्ध पार्ने भएकाे हाे। एमालेका एक नेताका अनुसार आजको बैठक पनि अवरुद्ध गर्ने तयारी छ। दाहालले गत साेमबार प्रितम […]
सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा रहेपछि आइतबारसम्मका लागि दुवै सदन स्थगित
काठमाडौं÷ प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर चार दिनदेखि अवरुद्ध सदन खुलाउन शीर्ष तहमै सहमति जुटाउन प्रयास थालिएको छ । विपक्षीहरूको अवरोधका कारण दुवै सदन...
संविधानमा प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष र राष्ट्रिय सभा अविछिन्न रहने व्यवस्था छ। हाम्रो संघीय संसदका दुवै सदन एक अर्का प्रति परिपुरक भएर काम गर्छन्। तर कुनै कारणले प्रतिनिधिसभा नहुँदा राष्ट्रिय सभा निष्क्रिय जस्तै हुन्छ। यो अवस्थाले आवश्यक पर्दा काम ...
काठमाडाैँ – सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन्। सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो पटक उक्त विधेयक गत भदौ २० गते प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाएका थिए। नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रमाणीकरण गरिसक्नुपर्ने १५ दिनको […]
काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने भएकाे छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा साेमबार बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएकाे हाे । यसअघि, आइतबारको लागि तय गरिएको बैठक स्थगित गरेर सोमबारको लागि […]
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन् ।
संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) अधिवेशन अन्त्य भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालू संसद् अधिवेशन मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेकी हुन्...
गत बिहीबार बाँकेको खजुरामा भएको जागरण सभामाथिको आक्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार संघीय संसद्का दुवै सदन अवरुद्ध गरेको छ । घटनाबारे गृहमन्त्री रामबहादुर थापाले दिएको प्रष्टीकरण चित्त नबुझेको भन्दै कांग्रेसले सदन अवरुद्ध गरेको हो ।
सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक सुरु भएको जानकारी दिनेबित्तिकै कांग्रेसका सांसदहरु उठेका थिए । त्यसपछि सभामुख महराले कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणलाई बोल्न समय दिए । खाँणले कांग्रेस बाँके जिल्ला सभापति किरण कोइरालाको हात भाँच्चिने गरी भएको आक्रमणको निन्दा गर्दै दोषीमाथि कडा कारवाहीको माग गरे ।