पर्वत : गत असार १ गते मादी नदीमा आएको बाढीका कारण घर गुमाएका कास्कीको मादी गाउँपालिका–१ सोंदा र आसपासका पीडितहरूलाई गण्डकी प्रदेश सरकारले राहत वितरण गरेको छ।प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, बिनाविभागीय मन्त्री डोवाटे विश्वकर्मा, माओवादी केन्द्रका प्रमुख सचेतक गायत्री गुरुङ, पूर्व मन्त्री यज्ञबहादुर थापा, गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मी, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीलगायतको टोलीले पीडितलाई गाउँमै पुगेर राहत रकम हस्तान्तरण गरेको हो।बाढीका कारण प