काठमाडौं : चन्द्रागिरि नगरपालिका-२ मसिने गाउँका एक सय ८० परिवारलाई निःशुल्क औषधि वितरण गरिएको छ। समाजसेवी ईश्वर लामाको पहलमा नागार्जुन औषधालयले निःशुल्क औषधि वितरण गरेको हो। देशभर सिटामोलकै अभाव भइरहेको समयमा यहाँका सर्वसाधारणलाई केही राहत महसुस होस् भन्ने उद्देश्यले १५ दिनसम्मको लागि भिटामिनलगायत रोग प्रतिरोधी औषधि वितरण गरिएको नागार्जुन औषधालयका प्रतिनिधि डा.सर्वोत्तम श्रेष्ठले बताए।कोरोना महामारीले समस्या निम्त्याएको बेला अस्पताल र मेडिकलसम्म पुग्न नसक्ने परिवारलाई यस्ता सहयोगले राहत दिन