सोलुखुम्बु । सोलुखुम्बुको डाँडापारीको गाउँपालिका भनेर चिनिने लिखुपिके गाउँपालिकाले दीर्घरोगीलाई निःशुल्क औषधि वितरण सुरु गरेको छ । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार दीर्घरोगीहरुलाई पहिलो पटक औषधि वितरण सुरु गरेको गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतले जानकारी दिनुभयो । जिल्लाकै पहिलो महिला गाउँपालिका अध्यक्ष कार्कीले गाउँघरमै पुगेर दीर्घरोगीको स्वास्थ्य परीक्षण र औषधि वितरण गरिने बताउनुभयो । पालिकाबासीका […]