सरकारी जग्गा हडपेर ‘छायादेवी कम्प्लेस’ बनाउन लगाउने मन्त्रीलाई कारबाही गर्न माग

काठमाडौं :  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठमेलस्थित सार्वजनिक पोखरी मिचेर व्यक्तिको नाममा दर्ता गराई व्यापारिक भवन ‘छायादेवी कम्प्लेस’ बनाउन लगाउने सम्बन्धित मन्त्री र सरकारी अधिकारीहरूलाई कडा कारबाही गर्न माग गरेका छन्।बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद सुवालले उनीहरूलाई कारबाही गरी सो क्षेत्र पुन: सरकारी स्वामित्वमा ल्याउन माग गरेका हुन्।उनले भने,‘काठमाडौं ठमेलस्थित बौद्ध विहारको सरकारी कमलपोखरी र वारिपरीको सरकारी जग्गासमेत ३०/३५ रोपनी व्यक्तिको नाममा द

सम्बन्धित सामग्री

सांसद खतिवडाले भने : ललिता निवासको जग्गा बेच्नेलाई पनि कारबाही होस्

काठमाडौँ– सत्तासीन दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ललिता निवास प्रकरणमा सरकारले किन्नेलाई मात्र नभएर सरकारी जग्गा बेच्नेहरूलाई पनि कारबाही गर्न माग गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले ललिता निवासको सरकारी जग्गा किन्नेहरूलाई मात्रै कारबाही गर्न खोजेको आरोप लगाए ।​ ललिता प्रकरणम...

सरकारी जग्गा हिनामिना गरेको भन्दै कामनपा २९ का अध्यक्ष ढकाललाई निलम्बन गर्न माग

सामाजिक विकास समाज, अनामनगरले धोबीखोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न खोज्ने काठमाडौं महानगरपालिका २९ नम्बर वडाका अध्यक्ष कुश ढकाललाई तत्काल निलम्बन गरी कारबाही अघि बढाउन माग गरेको छ। मंगलवार काठमाडौंमा...

वडा अध्यक्षले सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न खाेजेकाे स्थानीयकाे आराेप

काठमाडौं सामाजिक विकास समाज, अनामनगरले धोबी खोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न खोज्ने काठमाडौं महानगरपालिका ( कामनपा ) २९ नम्बर वडाका अध्यक्ष कुश ढकाललाई तत्काल निलम्वन गरी कारबाही अघि बढाउन माग गरेको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी समाजले उक्त घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, […]

८ रोपनी सरकारी जग्गा हडप्न खोज्नेमाथि कारबाही माग

काठमाडौं, मंसिर २२ । महानगरपालिका–५ भत्केको पुलस्थित धोबीखोलाको ८ रोपनी जग्गा अनियमित रूपमा हडप्न खोज्नेविरुद्ध कारबाही माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । भ्रष्टाचार र बेथितिविरुद्ध अभियान सञ्चालन गर्दै आएको अधिवक्ता र नागरिक अभियन्ता समूह ‘खोजी सत्य र न्याय’ नामक संस्थाले बुधबार अख्तियारमा उजुरी दर्ता गरेको हो । वरिष्ठ अधिवक्ता तथा […]

रेग्मी र पौडेललाई कारबाही गर्न युवा संघको माग

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) निकटस्थ युवा संघ नेपालले ललितानिवासको सरकारी जग्गा हडप्न खोज्ने भन्दै कुमार रेग्मी र नवीन पौडेललाई कानुनी कारबाही गर्न माग गरेको छ।रेग्मी सर्वोच्च अदालतका न्यायाधीश र पौडेल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलका छोरा हुन्।युवा संघ नेपालले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा निवेदन दिँदै रेग्मी र पौडेललाई कारबाही गर्न माग गरेको हो।ललितानिवासको जग्गा रेग्मी र पौडेलले फिर्ता गरेपछि आयोगले उनीहरूमाथि मुद्दा नचलाउने निर्णय गरेको थियो।विज्ञप्तिमा उल्लेख छ&sbq