काठमाडौं (अस) । डिशहोम फाइबरनेटले नयाँ अफर सार्वजनिक गरेको छ । अफरअनुसार ५० एमबीपीएसको इन्टरनेट प्याकेज मासिक ६९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । सोही रकममा डीटीएच कम्बो प्याकेज पनि समावेश गरिएको बताइएको छ ।
उक्त प्याकेज लिन मासिक ६९९ रुपैयाँ, त्रैमासिक २ हजार ९७, अर्धवार्षिक ४ हजार १९४ र वार्षिक ८ हजार ३८८ रुपैयाँ शुल्क लाग्ने कम्पनीको भनाइ छ । सो प्याकेजमा फाइफ–जी, डुअल ब्यान्ड राउटर पनि रहेको र एक वर्षको जडान गर्ने ग्राहकले राउटर सित्तैमा पाउने कम्पनीले जानकारी दिएको छ ।