‘एसपीपीको उद्देश्य स्पष्ट हुनुपर्छ’

नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को उद्देश्य स्पष्ट हुनुपर्ने बताएका छन् । बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद कँडेलले सो सम्झौतामार्फत् अमेरिकी सेनाको रणनीतिक उद्देश्य हो भने अघि बढाउन नहुने धारणा राखेका हुन् । उनले अमेरिकी सेनाहरु नेपाल आउने र उनीहरुकै नियम, कानूनको अधिनमा चल्ने भए सो सम्झौता अगाडी बढाउन नहुने बताए ।  नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष

सम्बन्धित सामग्री

पुटिन भन्छन्- हाम्रो उद्देश्य पूरा भएपछि मात्र युक्रेनमा शान्ति आउँछ (भिडियो)

रुसको उद्देश्य पूरा भएपछि मात्र युक्रेनमा शान्ति बहाल हुने राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।

नेपालमा शिक्षाको उद्देश्य स्पष्ट छैन : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपालमा शिक्षाको उद्देश्य स्पष्ट नरहेको बताउनुभएको छ । आइतबार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले शिक्षाको स्पष्ट उद्देश्य तय गर्न अझै नसकेको बताउनुभयो । उहाँले संघीय शिक्षा ऐन नआउँदा धेरै प्रश्न खेपिरहेको उल्लेख गर्दै संघीय शिक्षा ऐनले पनि […]

गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिद्धयाउने : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिद्धाउने मात्रै रहेको बताएका छन् । मंगलबार उपाध्यक्ष पोखरेलले गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको र एमाले सिद्धयाउन मात्रै ध्यान केन्द्रित रहेको बताएका हुन् ।  एमालेको उद्देश्य राजनीतिक स्थायित्व, मुलुकको विकास र हित मात्रै रहेकाले जनताले विश्वास गर्ने उनको भनाई छ । […]

गठबन्धनको उद्देश्य देश बनाउने हो : एनपी साउद

कञ्चनपुर, ४ कात्तिक । नेपाली कांग्रेसका नेता एनपी साउदले सत्ता गठबन्धन दलहरुले देश निर्माणका लागि चुनावी तालमेल गरेको बताएका छन् । कञ्चनपुर २ मा पर्ने कृष्णपुर नगरपालिका–२ मा शुक्रबार बिहान आयोजित चुनावी कार्यक्रममा उनले गठबन्धनको उद्देश्य सरकार बनाउनेमात्रै नभएको स्पष्ट पारेका हुन् । उनले भने,‘गठबन्धनको उद्देश्य सरकार बनाउने होइन । हुन्थ्यो भने हामी चुनावपछि संसदमा […]

विद्युत् निर्यात गर्ने उद्देश्य प्राधिकरणको नभएको दाबी

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको विद्युत् निर्यात गर्ने उद्देश्य नभएको बताएका छन् ।मंगलवार सुन्दर यातायात प्रालिले आयोजना गरेको विद्युत्ीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले विद्युत्् प्राधिकरणको मुख्य उद्देश्य भारतमा विद्युत् निर्यात गर्ने नभई नेपालभित्र नै खपत गर्ने पहिलो प्राथमिकता रहेको उल्लेख गरे । उनले […]

यी हुन् बजेटका पाँच उद्देश्य, १० प्राथमिकता

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षको बजेटका पाँच उद्देश्य र १० वटा प्राथमिकता निर्धारण गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को दुवै सदनमा आज प्रस्तुत गरेको बजेटमा स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धि, समावेशी विकास, आत्मनिर्भरता र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्य राखिएको छ । उत्पादनमा आधारित अर्थतन्त्रको निर्माण गरी उच्च र दीगो आर्थिक वृद्धि हासिल […]

बजेटका पाँच उद्देश्य, १० प्राथमिकता

सरकारले आगामी आर्थिक वर्षको बजेटका पाँच उद्देश्य र १० वटा प्राथमिकता निर्धारण गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को दुवै सदनमा आज प्रस्तुत गर्नुभएको बजेटमा स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धि, समावेशी विकास, आत्मनिर्भरता र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्य राखिएको छ । उत्पादनमा आधारित अर्थतन्त्रको निर्माण गरी उच्च र दीगो आर्थिक वृद्धि हासिल गर्ने, […]

गठबन्धनको उद्देश्य नै एमाले सिध्याउने रहेको ओलीको टिप्पणी

काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको उद्देश्य नै एमाले सिध्याउने रहेको टिप्पणी गरेका छन् । एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले गठबन्धनको एकमात्र उद्देश्य एमाले सिध्याउनेबाहेक देश बनाउने नरहेको बताएका हुन्। त्यस्तै ओलीले गठबन्धनका नाममा कांग्रेस खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी गरेका छन् । ‘कांग्रेस प्रतिस्पर्धी हुन्थ्यो,’ ओलीले भने, […]

राजनीतिक आशय र उद्देश्य राम्रो नभएको

नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको संसदबाट विश्वासको मत लिने निर्णय पछाडिको राजनीतिक आशय र उद्देश्य राम्रो नभएको निष्कर्ष निकालेको छ ।मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसदको विशेष अधिवेशनको राजनीतिक आशय र उद्देश्य राम्रो नभएको निष्कर्ष निकालेको हो […]