काठमाडौँ– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिद्धाउने मात्रै रहेको बताएका छन् । मंगलबार उपाध्यक्ष पोखरेलले गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको र एमाले सिद्धयाउन मात्रै ध्यान केन्द्रित रहेको बताएका हुन् । एमालेको उद्देश्य राजनीतिक स्थायित्व, मुलुकको विकास र हित मात्रै रहेकाले जनताले विश्वास गर्ने उनको भनाई छ । […]