काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र शाहले महानगरबासीको गुनासो लिन कलसेन्टर स्थापनाको प्रस्ताव गरेका छन् ।
महानगरको पहिलो कार्यपालिका वैठकमा मेयर शाहले यस्तो प्रस्ताव राखेका हुन् । महानगरको गुनासो लिन स्थापना हुने उक्त कल सेन्टरमा मेयर, उपमेयर तथा ३२ ओटै वडाका अध्यक्षहरुको पहुँच हुने उनले बताएका छन् ।
‘महानगरको कल सेन्टरमा ३२ ओटा वडाकै डेटाबेस हुनेछ,’...