काठमाडौं महानगरमा सञ्चालनमा आयो कल सेन्टर

२३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा ल्याएको छ । महानगरको १६ जेठमा बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । काठमाडौंबासीको गुनासो सुन्नका लागि कलसेन्टर सञ्चालनमा […]

सम्बन्धित सामग्री

काठमाडौं महानगर कल सेन्टरमा नौ हजार ६२९ गुनासो

गत जेठ २४ गतेदेखि निरन्तर सञ्चालनमा रहेको काठमाडौं महानगरपालिकाको कल सेन्टरमा नौ हजार ६२९ गुनासो रेकर्ड भएको छ । महानगरमा मुख्यगरी तीन प्रकारको गुनासो आउनेगरेको माहनगरका विभागीय प्रमुख नवराज ढकालले बताउनुभयो । उहाँका अनुसार फोहोर व्यवस्थापन, ट्राफिक समस्या र फुटपाथ व्यापारको सबैभन्दा बढी गुनासो आउनेगरेको छ । कल सेन्टर सञ्चालन भएको करिब दुई महिनाको अवधिमा सो संख्यामा जिज्ञासा आएको हो ।

अनलाइन जुवाको बिगबिगी

कल सेन्टरबाट प्रहरीले एक चिनियाँ, दुई भारतीयसहित २८ नेपालीलाई पक्राउ गरेको छ । काठमाडौं महानगर–९ तीनकुनेस्थित स्काई वर्ल्ड सर्भिस सेन्टर (कल सेन्टर) मा अवैध तवरले कामदारहरू राखी कल सेन्टर सञ्चालन गरेको आरोपमा प्रहरीले सोमबार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

कल सेन्टरबाट १ चिनियाँ र २ भारतीयसहित ३६ जना पक्राउ

काठमाडौंको तीनकुनेको कल सेन्टरबाट प्रहरीले १ चिनियाँ, २ भारतीयसहित ३६ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगर–९ तीनकुनेस्थित वल्र्ड सर्भिस सेन्टर (कल सेन्टर) मा अवैध तवरले कामदारहरू राखी कल सेन्टर सञ्चालन गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

काठमाडौं महानगर : कल सेन्टरका कर्मचारीलाई तालिम, यसरी हुन्छ गुनासो रेकर्ड

काठमाडौं । कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ)लाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाको सूचना प्रविधि विभागले कर्मचारी र सम्पर्क अधिकारीका लागि तालिम सुरु गरेको छ । तालिममा गुनासो सुन्ने कर्मचारीले अपनाउनुपर्ने सावधानी, उसमा हुनुपर्ने धैर्यता, गुनासोकर्ताले भनेका कुरा टिपोट गर्ने तथा सफ्टवेयर इन्ट्री गर्ने, गुनासो सम्बन्धित अधिकारीलाई पठाउने तरिका सेन्टरमा बस्ने कर्मचारीलाई सिकाइँदै...

कामपाको नीति तथा कार्यक्रम : कोभिड प्रभावित करदातालाई विशेष छूट

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छूट दिने भएको छ । आगामी आर्थिक वर्ष (आव) २०७८/७९ को नीति तथा कार्यक्रम बिहीवार सार्वजनिक गर्दै कामपाका मेयर विद्यासुन्दर शाक्यले कोभिड–१९ महामारीबाट प्रभावित करदातालाई विशेष कर छूटको व्यवस्था गर्ने घोषणा गरे । ‘कर छूटका लागि बहालमा बस्ने व्यक्तिको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीलाई घरबहाल रकममा १० प्रतिशत वा २५ हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छूट दिइनेछ, यस कार्यका लागि निजीक्षेत्रसमेत परिचालन गरिनेछ,’ उनले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भनिएको छ । कर छूटअन्तर्गत कामपालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरीवाना बैंकिङ वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिने नीति तथा कार्यक्रममा उल्लेख छ । कोभिड–१९ महामारीबाट प्रभावित करदाता तथा सार्वजनिक–निजी साझेदारीअन्तर्गत सञ्चालित कार्यक्रमलाई छूट/सहुलियत दिइनेछ । कोभिड–१९ बाट प्रभावित व्यवसाय जस्तै होटेल, पर्यटनलगायत क्षेत्रलाई उल्लेख्य छूट दिने नीति महानगरपालिकाले सार्वजनिक गरेको छ । शहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायसँगको सहकार्यमा कामपा क्षेत्रमा अस्थायी रूपमा बसोवास गर्ने व्यक्तिको लगतसमेत राखिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै, काठमाडौं महानगरपालिकाले विशिष्टीकृत सेवासहितको सुविधासम्पन्न १०० शøयाको ‘काठमाडौं महानगर विशेष अस्पताल’ निर्माण गर्ने, कोभिड–१९ बाट संक्रमित भएका बिरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, परामर्श तथा उपचारका लागि कल सेन्टर सञ्चालन, मनोसामाजिक परामर्श, टेलिमेडिसिन सेवा, कोभिड परीक्षण, एम्बुलेन्स सेवा, आइसोलेशन सेवा, कोभिड विशेष अस्पताल सेवा र अक्सिजन सपोर्टलगायत सेवा निःशुल्क उपलब्ध गराइने पनि नीति तथा कार्यक्रममा समेटिएको छ । वडा कार्यालयमा सञ्चालित शहरी स्वास्थ्य क्लिनिकको स्तरोन्नति गरी महानगरवासीलाई आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूत गरिने, विशेषज्ञ चिकित्सकद्वारा नगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरवासीका लागि बीमा शुल्कको ५० प्रतिशत अनुदान उपलब्ध गराउने, कामपा क्षेत्रभित्र रहेका होटेल, रेस्टुराँ खाजाघर, अनलाइन खाद्य वितरकको उत्पादन स्थल, खाद्य उत्पादन गुणस्तर, पद्धति, प्रक्रिया, संलग्न जनशक्तिको सरसफाइ र सेवाग्राहीले खाना तथा खाजा उपभोग गर्ने स्थलसमेतको मूल्यांकन गर्ने नीति काठमाडौं महानगरपालिकाले लिएको छ । त्यस्ता सेवाप्रदायकको सेवाको गुणस्तर सुनिश्चित गर्न सूचीकृत एवं वर्गीकरण गरी महानगरपालिकाले प्रमाणपत्र जारी गर्ने समेत नीति तथा कार्यक्रममा राखिएको छ ।