सिटिजन्स बैंकको कल सेन्टर सेवा

सिटिजन्स बैंकले सिटिजन सपोर्ट कल सेन्टर सेवा सञ्चालन गरेको छ।

सम्बन्धित सामग्री

सिटिजन्स बैंकको कल सेन्टर सेवा

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले डिजिटल बैंकिङको बढ्दो आवश्यकतालाई ध्यानमा राखी सिटिजन्स सपोर्ट सेन्टर (कल सेन्टर) सेवा सञ्चालनमा ल्याएको छ । अब ग्राहकले बैंकका ग्राहक सेवा प्रतिनिधिसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्या समाधान शाखामा उपस्थितबिनै गर्न सक्नेछन्  । ग्राहकले बैंकले उपलब्ध गराएको फोन नम्बर तथा इमेल कल सेन्टरको सुविधा लिन सक्नेछन् । कल सेन्टरको प्रयोगले ग्राहकलाई सहज ढंगले बैंकिङ सेवा र सूचना प्राप्त गर्न सहयोग पुग्ने विश्वास बैंकको छ । बैंकले हाल ८ घन्टाका लागि सुरु गरेको यो सेवा समय थपिँदै लगिने बताएको छ । बैंकले हाल १७४ शाखा,  १२३ एटीएम र ९० वटा शाखारहित बैंकिङ इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।