नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दसैंको बिदामा पनि कल सेन्टर सञ्चालन गर्ने भएको छ । जिज्ञासा तथा गुनासो सुनुवाइका लागि कल सेन्टर सुविधा सुचारु राख्ने कम्पनीले जनाएको छ ।यस इन्स्योरेन्सले आफ्नो कल सेन्टर दसैंको बिदाको अवधि (दसैँको टीकाको दिनबाहेक) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।