यहाँ मंकीपक्सका एकजना बिरामी फेला परेका छन्। राजधानी शहरमा यो रोगका बिरामी पहिलोपटक भेटिएका हुन्।योसँगै मंकीपक्सका लागेका बिरामीको संख्या चार पुगेको छ। यसअघि दक्षिणी राज्य केरलामा तीन जनामा यो रोग लागेको पुष्टि भएको थियो। आज रोग पुष्टि भएका बिरामीलाई सरकारी अस्पताल भर्ना गरिएको छ। उनले यसअघि कुनै देशको यात्रा गरेका थिएनन्। अस्पतालका अनुसार बिरामीलाई ज्वरो र छालामा घाउ देखिएको भए पनि अवस्था स्थिर छ। यसअघि रोग पुष्टि भएका बिरामी विदेशबाट आएका थिए। विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई अन्तर्राष