काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले केही व्यक्तिको सन्कीपनले देशको नीतिहरु भाँडिएको आरोप लगाएका छन्। सोमवार काठमाडौंमा स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले आर्थिक अवस्था बिग्रिनुको पछि केही ‘सन्की व्यक्ति’ को हात रहेको बताएका हुन्।
नेपालमा आयात हुने सामानको संख्या उच्च रहेको भन्दै उनले विदेशी मुद्राहरुको सिञ्चिति घटिरहेको…