सुडानमा सैनिक ‘कू’, प्रधानमन्त्रीसहित थुप्रै सरकारी अधिकारी गिरफ्तार

खार्तुम । अफ्रिकी मुलुक सुडानमा सैनिक ‘कू’ भएको छ । त्यहाँको अन्तरिम सरकारका प्रधानमन्त्रीसहित थुप्रै सरकारी अधिकारीहरू र सरकार समर्थक दलका नेताहरू गिरफ्तार भएका छन् ।   प्रधानमन्त्री अब्दल्लाह हमदोक र कम्तीमा चारजना मन्त्रीहरूलाई सोमबार बिहानै उनीहरूकै घरमा अज्ञात सैनिकहरूले हिरासतमा लिएको विश्वास गरिएको छ । यद्यपि, सुडानको सेनाले यस बारेमा कुनै...

सम्बन्धित सामग्री

देश आर्थिक संकटमा, मन्त्रीहरूचाहिँ विदेश दौडाहामा

मुलुक आर्थिक संकटमा परेका बेला सरकारी अधिकारी भने विदेश भ्रमणका लागि तँछाडमछाड गरिरहेका छन् । विदेशमा हुने स–साना कार्यक्रममा सहभागी हुन मन्त्रीस्तरीय भ्रमणहरू भइरहेका छन् ।

बारमा गोली चल्दा चार अमेरिकीको मृत्यु

लस एन्जलस : अमेरिकाको क्यालिफोर्निया राज्यको एक बारमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीनजनाको मृत्यु हुनाका साथै अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ।घटनामा गोली चलाउनेको पनि मृत्यु भएको छ। गोली हानाहान भएका वेला सरकारी अधिकारी पनि भएकाले आक्रमणकारी पनि मारिएको बताइएको छ। घटनामा कुनै पनि सरकारी अधिकारी घाइते भएका छैनन्।‘घटनास्थलमा चारजनाको मृत्यु भएको पुष्टि भएको छ, गोली हान्ने व्यक्ति पनि मारिएको छ। घाइते ६ जनालाई अस्पतालमा लगिएको छ’,अरेन्ज काउन्टीका शेरिफले सामा

किन हुन्छ सार्वजनिक खरिदमा ढिलाइ?

सही ठहरिने निर्णय गर्न सरकारी अधिकारी डराउनु, निर्णय नलिने प्रवृत्ति र व्यवहारले सरकारी कामकारबाही प्रवाहित हुनु आमकुरा जस्तै भएको छ।...

सरकारी अधिकारी र बिचौलिया समूहमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । गैरकानुनी नवीकरणको बाटो प्रयोग गरी ५३३ जना व्यक्तिलाई ‘लाइसेन्स’ दिएको अभियोगमा यातायात व्यवस्था कार्यालयका सरकारी अधिकारी र बिचौलिया समूहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ ।  आयोगले कर्मचारीका अतिरिक्त बिचौलियालाई पनि ‘मतियार’को रुपमा मंगलबा...

आफूलाई डाक्टर भन्दै १७ महिलासँग विहे गरेपछि प्रहरीको फन्दामा !

५ फागुन, काठमाडौं । संसारमा विभिन्न बहानाबाजी गरेर अरूलाई झुक्याउने र ठग्नेको कमी छैन । अरूलाई ठग्न चतुर मानिसको सूचीमा भारतका एक व्यक्तिसमेत थपिएका छन् । भारतको ओडिसामा कहिले आफूलाई डाक्टर त कहिले वरिष्ठ सरकारी अधिकारी भनेर १७ महिलासँग विवाह गरेका एक व्यक्ति पक्राउ परेका छन् । नक्कली डाक्टर र वरिष्ठ सरकारी अधिकारी भनेर १७ […]

नारायणहिटीबारे छानविन समितिको प्रतिवेदन : सरकारी अधिकारी पनि दोषी

काठमाडौं । नारायणहिटी संग्रहालयमा क्यान्टिन/क्याफ्टेरिया सञ्चालन गर्ने बतास अर्गनाइजेशनसँगै सञ्चालन गर्न दिनेसम्मको निर्णयमा पुग्ने सरकारी अधिकारीहरूलाई समेत छानविन समितिले दोषी देखाएको छ । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले गठन गरेको छानविन समितिले तयार गरेको प्रतिवेदनमा ठेक्का सम्झौता गर्नू नै गलत भएको र संग्रहालयमा बतास समूहले ठेक्का लागेपछि सम्झौताविपरीत नयाँ संरचना निर्माण गर्दा विकास समितिका कार्यकारी निर्देशकबाट कुनै पनि कानूनी कारबाही नभएका उल्टै संरक्षण भएको भन्दै उनलाई पनि दोषी देखाएको हो । ‘क्यान्टिन क्याफ्टेरियाले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थान स्पष्ट सीमांकन नगरी क्यान्टिन क्याफ्टेरिया सञ्चालन गर्न दिएको देखिँदा बढी क्षेत्र ओगटी थप निर्माण कार्य गर्न प्रोत्साहन भएको र नारायणहिटी दरबार संग्रहालय प्रवेश गर्ने दक्षिणपट्टिको प्रवेशद्वार नजिक समितिको स्वामित्वमा रहेको जग्गामा समितिसँग पूर्वस्वीकृति र समन्वय नगरी नयाँ संरचना निर्माण भइरहँदा विकास समितिका कार्यकारी निर्देशकबाट विकास समितिको स्वामित्वमा रहेको सम्पत्तिको संरक्षण र संवद्र्धनका लागि अनुगमन, निरीक्षण तथा रेखदेख गर्ने जिम्मेवारी पूरा गरिएको नदेखिएको पाइएको छ,’ प्रतिवेदनमा भनिएको छ । एउटै परिवारभित्रका शेयर सदस्यहरू रहेका तीनओटा फर्मका बोलपत्रदाताहरू आपसमा मिलोमतो गरी न्यूनतम मूल्यांकन गरी आपसमा मिलेमतो भएको समितिको ठहर छ । बी म्यानेजमेन्टले प्रालिले १ हजार ७७ रुपैयाँ ७४ पैसा बढी कबोल गरी टेन्डर हात पारेको थियो । बतास अर्गनाइजेशनको स्वामित्वमा रहेको बी म्यानेजमेन्टले क्यान्टिन र क्याफ्टेरियाका लागि तोकिएको क्षेत्रभन्दा बढी उपभोग गरेको जनाइएको छ । समितिले सम्झौता विपरीत बी म्यानेजमेन्ट प्रालिले नयाँ संरचना निर्माण गर्दा विकास समितिका कार्यकारी निर्देशकबाट कुनै पनि कानूनी कारबाही गरेको नपाइएको, निर्माण कार्यलाई तत्काल रोक्न र निर्माण नै हुन नदिनेतर्फ पनि कुनै पहल भएको नदेखिएको र समितिको निर्णय एवं प्रभुत्व अधिकारभन्दा बढी विषय समावेश गरी कार्यकारी निर्देशकबाट बी म्यानेजमेन्ट प्रालिसँग सम्झौता गरेको पाइएको निष्कर्ष निकालेको छ । छानविन समितिले क्यान्टिन क्याफ्टेरिया सञ्चालन गर्नका लागि क्याफ्टेरियाले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको स्पष्ट सीमांकन भएको नदेखिएको प्रतिवेदनमा उल्लेख गरेको छ । त्यस्तै त्यस्तै क्यान्टिन क्याफ्टेरियामा भाडामा लगाउन निर्धारित दररेट कायम गर्दा तत्कालीन चलन चल्तिको बजार मूल्यलाई समेत आधार मानेको नदेखिँदा कायम भएको दररेटलाई स्वभाविक मान्न नसकिएको प्रतिवेदनको ठहर छ । सार्वजनिक खरीद ऐन, २०६३ को दफा २६ को उपदफा ६ मा व्यवस्था भएबमोजिम एउटै परिवारभित्रका शेयर सदस्यहरू रहेका तीनओटा फर्मका बोलपत्रदाताहरू आपसमा मिलेमतो गरी न्यूनतम मूल्यांकन रकम २,२०,४४०/२६ रुपैयाँभन्दा १,१७७/७४ पैसा मात्र बढी कबोल गरी ठेक्का सम्झौता गरेको देखिँदा ठेक्का सम्झौता कार्यमा एकआपसमा मिलेमतो भएको हुनसक्ने देखिएको निष्कर्ष प्रतिवेदनमा उल्लेख छ । छानविन समितिले प्रतिवेदनमा आधिकारिक निकायबाट नक्सा पास नगरी एवं निर्माण स्वीकृति नलिई र मन्त्रालय एवं विकास समितिको पूर्वस्वीकृति नलिई अनुमानित १४ रोपनी क्षेत्रफल रहेको जग्गामा थप नयाँ संरचनाहरू निर्माण भएको देखिएकाले, दोस्रो पक्षको रूपमा रहेको बी म्यानेजमेन्ट प्रालिले अनुमति पाएकोभन्दा बढी क्षेत्रफलको जग्गामा स्वीकृति नलिई नयाँ संरचनाहरू निर्माण गरेको देखिएकाले निर्माण कार्य तत्काल रोकी सम्बद्ध निकायबाट आवश्यक कारबाही हुनुपर्ने छानवनि समितिको निष्कर्ष रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबारमा अनियमितता गर्नेलाई कारबाही गर्ने बताएका छन । सोमवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पर्यटनमन्त्री आलेले नारायणहिटी दरबारमा भएको अनियमितताबारे छानविन गरेर आएको प्रतिवेदनलाई कार्यान्वयन गरेर अनियमितता गर्नेलाई कारबाही गर्ने बताएका छन् । उनले नारायणहिटी राजदरबारअन्तर्गत विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले देशको सम्पत्तिको संरक्षण र निगरानी गर्न नसक्नु दु:खको कुरा भएको बताए । नारायणहिटी दरबारमा रहेको ऐतिहासिक सुरुङ बंकरभित्र पनि बतास समूहले व्यापार गर्ने योजना बनाएर काम गरेको खुलासा समेत गरे । ‘वास्तवमा यो बन्दाबन्दीको समयमा नारायणहिटी राजदरबारभित्र भौतिक संरचना निर्माण गर्न क्याफे, पसल सञ्चालन गर्नका लागि विगतमा नै निर्णय भएको रहेछ । र, विभन्न देशविदेशबाट मलाई सूचना आएपछि मैले यसलाई सूक्ष्म तरीकाले अध्ययन गर्न थालें । अध्ययन गर्दै जाने क्रममा १४ रोपनी जग्गामा पक्की स्ट्रक्चर निर्माण गरेको पाइयो । तर, यसको सुरक्षा गर्ने नारायणहिटी राजदरबारअन्तर्गत विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालजी उहाँले हेर्नुपर्दथ्यो,’ मन्त्री आलेले भने, ‘उहाँले निगरानी दिन सक्नु भएन । त्यसमा मलाई दु:ख लागेको छ । वास्तवमा एउटा संग्रहालय, देशको सम्पत्ति आज नेपाली जनताले मलाई समस्या समाधान गर्ने जिम्मा दिएको छ । त्यसको संरक्षण गर्ने मेरो कर्तव्य हो ।’ छानविन गरेर आएको प्रतिवेदनलाई कार्यान्वयन गरेर भएका अनियमिततालाई कडाइका साथमा छानविन गर्ने र कारबाही गर्नका लागि नै म यहाँ आएको छु । हामी प्रतिवेदनको माध्यमद्वारा अनुसन्धान र आवश्यक कारबाहीका लागि पहल गछौंं । जसले यसमा कमी कमजोरी गरेका छन् ती सबैलाई कडा कारबाही हुनेछ ।’ मन्त्री आलेले पशुपति क्षेत्र विकास कोषभित्र रेस्टुराँ सञ्चालन गरिरहेको विषयमा पनि अबको ७ दिनभित्र प्रतिवेदन आउने र त्यसअनुसार नै कारबाही प्रक्रियाअघि बढाउने बताए ।

पुँजीगत खर्च नाजुक हुनुमा सरकारी अधिकारी जिम्मेवार

काठमाडौं । पुँजीगत खर्च नाजुक हुनुमा विभिन्न कारण जवाफदेही रहेको धारणा जनप्रतिधि तथा नीति निर्माण तहका कर्मचारीले बताएका छन् । प्रतिनिधि सभा अर्थ समितिले पुँजीगत खर्च नाजुक रहेको अवस्थालाई मध्यनजर गरी सोमबार आायोजना गरेको छलफल कार्यक्रममा वक्ताहरूले यस्तो धारण व्यक्त गर्नु भएको हो । छलफलमा कृषितथा पशुपन्छी मन्त्रालयका सचिव डा. गोविन्द शर्माले मन्त्रालयमा कर्मचारी अभाव […]

दुब्लाए उत्तर कोरियाका शासक किम जोङ उन, के भन्छन् सरकारी अधिकारी ?

उत्तर कोरियाका शासक किम जोङ उन दुब्लाएका तस्वीर सार्वजनिक भएका छन् । विभिन्न कडा नियम लागू गरेर चर्चामा आउने किम हालै सत्तारुड वर्कर्स पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका तस्वीर सार्वजनिक भएका छन्, जसमा उन दुब्लाएका देखिएका छन् । कोरियन सेन्ट्रल न्युज एजेन्सीले २८ डिसेम्बर २०२१ मा नयाँ तस्वीर सार्वजनिक गरेको छ । उनको नयाँ फोटोमा अनुहार समेत दुब्लाएको देखिएको छ । सरकारी अधिकारीले देशमा खानाको कमीका कारणले उनले कम खाना खाइरहेका र अवस्था सामान्य नहुँदासम्म आमनागरिकलाई समेत कम खाना खान अपिल गरिएको जनाएका छ...

सरकारी अधिकारी भन्छन्- अमेरिकी खोप कसलाई दिने भनेर छलफलमै छौं

२७ असार, काठमाडौं । सोमबार नेपाल आइपुग्ने अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनको कोरोना खोप कसलाई दिने भन्ने टुंगो नलागिसकेको सरकारी अधिकारीहरुले बताएका छन् । एक डोज मात्र लगाए पुग्ने भनिएको यो खोप कुन समूहलाई दिने भन्ने विषय छलफलमै रहेको सम्बद्ध अधिकारीहरुको भनाइ छ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले खोप […]

चीनले समझदारी कार्यान्वयन नगर्दा तातोपानी नाका पूर्ण सञ्चालनमा आएन

नेपाल–चीनका सरकारी अधिकारी र व्यापारिक संस्थाहरूबीच भएको समझदारी कार्यान्वयन नहुँदा तातोपानी नाका पूर्ण सञ्चालनमा आउन सकेको छैन । नेपाल–चीनका विभिन्न व्यापारिक संघसंस्था र दुवैतर्फका सरकारी अधिकारीले दैनिक २० टेलर सामग्री लार्चा...